Skip to content

एसीसीए र एनबिसीसीआई बीच सम्झौता

विश्वका करिब १७० ओटा भन्दा बढी रास्ट्रहरुमा रही काम गरिरहेको संस्था एसीसीएले  एनबिसीसीआई (Nepal Britain Chamber of Commerce and Industries) संग एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।  सम्झौता अनुसार एनबिसीसीआई अन्तर्गत रहेका संस्थाहरुमा एसीसीएहरुसंग संयोजन गरी  उनीहरुको सम्मानजनक उपस्थिति गराउने बुझिएको छ।  साथै अव उपरान्त नेपालको स्ट्यान्डर्ड चार्टड बैंक, एनटिएनसी लगायतका संस्थाहरुले समेत एसीसीए सदश्यहरुका हकमा आफ्नो संस्थाले सम्मानजनक सहभागिता गराउने भन्ने सम्झौता भएको बुझिएको छ।  साथै एसीसीएले नेपालको सुन्दर एण्ड कम्पनीलाई एसीसीए अपरुभ्ड एम्प्लोयरको मान्यता दिएको छ।  उक्त मान्यतापछी सुन्दरमान   एण्ड कम्पनीमा कार्यरतहरुले एसीसीएको टिडीएम भर्नु नपर्ने लगायतका अन्य फाइदाहरु लिन सक्ने समेत बुझिएको छ। उक्त कार्यक्रममा नेपाल चार्टड एकाउनन्टेन्टस् संस्था आइक्यानका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको बताइएको छ। 
नेपालमा रहेका एसीसीए सदश्य तथा बिधार्थीहरुले पनि एसीसीएले एनबिसीसीआईसंग गरेको  यसखाले सम्झौता सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।  पछिल्लो समय नेपालमा एसीसीएको लगानी बालुवामा पानी सरह भईरहेको आरोप लागिरहेका बेला यसखाले सम्झौताले भने आफुहरुलाई नयाँ उत्साह थपेको एसीसीए सदश्यहरुको भनाइ छ। यध्यपी यसखाले कार्यक्रमसंगै आइक्यानसंग सम्मानजनक सम्झौता हुनुपर्नेमा नेपालमा रहेका एसीसीए सदश्य तथा बिधार्थीहरुको भनाइ छ। कार्यक्रमबारे पत्रकारहरुलाई भने खबर नै गरिएको थिएन।

तस्बिर : रविन कटवालको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्