Skip to content

अन्तरास्ट्रिय विधार्थी कन्फेरेन्सका लागि आईक्यानका विधार्थीहरु भारतको बैंगलोरतर्फ जाँदै

साफा अन्तरास्ट्रिय बिधार्थी कन्फेरेन्सका लागि आइसीएआइको निमन्त्रणामा आइक्यानबाट चुनिएका ६ प्रतिनिधि भारतको बैंगलोरतर्फ मंगलबार प्रस्थान गर्ने भएका छन्   कृति प्रधानको नेतृत्वमा ६ सदस्यीय टोलि भारत प्रस्थान गर्न लागेको हो।  डिसेम्बर २६ तारिख देखि सुरु हुने कार्यक्रममा आइक्यानका बिधार्थीहरुले विभिन्न बिषयमा आफुले तयार गरेको सामाग्री प्रस्तुत गर्ने बताईएको छ। आईक्यानले सार्वजनिक सुचना जारि गर्दै कार्यक्रमका लागि आवेदन माग गरेको थियो।  कार्यक्रममा प्रदीप गुरागाईं , सुमन श्रेष्ठ , सुदिप पौडेल , कृति प्रधान , सपना घिमिरे र सुरज प्याकुरेल सहभागी हुने बताइएको छ।  हरेक वर्षजसो विभिन्न देशहरुमा यसखाले कार्यक्रम हुदै आएको छ भने आइक्यानले पनि बर्ष नै पिच्छे यस खाले कार्यक्रममा बिधार्थीहरुलाई विभिन्न देशमा पठाउँदै आएको छ।  आईक्यानबाट छनोट भएका विधार्थीहरु बुधबार कार्यक्रमका लागि प्रस्थान गर्दैछन्। यस अघि कलकत्तामा भएको यसखाले कार्यक्रममा आइक्यानका बिधार्थीहरुले निकै नै राम्रो प्रस्तुति दिएका थिए। यसपालि पनि आइक्यानको प्रतिनिधित्व गर्दै उत्कृस्ट प्रस्तुति गर्ने विधार्थीहरुको भनाइ छ। कार्यक्रममा प्रस्तुत गर्न सहभागीहरुले विभिन्न बिषयमा पावोर पोइन्ट सामाग्री तयार गरेका छन्। अन्तरास्ट्रिय कर देखि लेखापरीक्षणसम्मका विषयहरुलाई समेट्दै विधार्थीहरुले आ-आफ्नो सामाग्री तयार गरिरहेको बताईएको छ । विधार्थीहरु कार्यक्रम सकी ३० तारिखमा स्वोदेश फिर्ता हुने बुझिएको छ।

विधार्थीहरुको दौडधुप कथा : विहानको चिसो , कन्फेरेन्सका तयारि कै निम्ति विभिन्न ठाउँमा विभिन्न कामले
दौडिरहेका बिधार्थी, आफ्नै खर्चमा स्कुटरमा हानिएकी सपना र बाइकमा
कुदिरहेका सुदिपको व्यस्तता।  कार्यालयको कामका वावजुत पनि समय निकालेका
प्रदिप देखि सुमन सम्मको  खास कार्यका लागि खास मेहेनत उस्तै। 
विधार्थीहरुको मेहेनत कुनै एक विशेष कार्यक्रमका लागि आयोजकले गर्ने तयारि
भन्दा कम थिएन। 

सपना घिमिरे

कुनै पनि कार्यक्रम वा यात्राको चांझोपाँझो मिलाउने काम पक्कै पनि सजिलो होइन। तर निकै कम समयमा धेरै कुराको बन्दोवस्त गर्नुपर्ने भएकाले पनि बिधार्थीहरुले निकै नै दौडधुप गर्नुपर्यो  यस कार्यकमका लागि । क्रिसमस , र नयाँ वर्षको समय परेकाले ट्रेन टिकट नपाएपछी हवाईमार्ग हुँदै बैंगलोरसम्म जानुपर्ने अवस्था भएपछी हवाई जहाजको टिकट देखि त्यसका लागि आबस्यक पर्ने आर्थिक स्रोत जुटाउन विधार्थीहरुलाई हम्मे हम्मे नै पर्यो।

सुदिप राज पौडेल

 आइक्यानले दिएको रकम अपुग भएपछी बिधार्थीहरुले विभिन्न सिए इन्स्टिच्युटहरुबाट सहयोग रकम संकलन गरेका थिए। आइक्यानले विधार्थी हरुलाई कुन ९६००० निकाशा गरेको थियो भने विधार्थी हरुको हवाई खर्च मात्रै डेढ लाख भन्दा बढी थियो। बिधार्थीहरुलाई प्राइम सिए , सीसीएमए , सीएआई , सिमा ,एसबिबिआर, एओसी  लगायतका इन्स्टिच्युटहरुले आर्थिक सहयोग गरेका थिए।

सुरज प्याकुरेल

आइक्यानले सुरुमा ६० हजार मात्र निकाशा गरेको थियो भने पछी विधार्थीहरुको समस्यालाई बुझ्दै आइक्यानले थप सहयोग गरेपछी भने बिधार्थीहरुलाई राहत मिलेको थियो।  यसका लागि पहल गरिदिनुहुने आइक्यानका प्राविधिक निर्देशक पी.एन अधिकारी ,र आइक्यान अध्यक्ष नरेन्द्र भट्टराई प्रति निकै नै आभारी रहेको विधार्थीहरुको भनाइ छ। साथै सहयोग गर्नुहुने सम्पूर्ण संस्थाहरुलाई पनि विधार्थीहरुले धन्यवाद दिएका छन्।

प्रदीप गुरागाईं

 सहयोगी सिए बजार र परिपक्व नेतृत्व : सिएका सबै तहका परिक्षा उतिर्ण गरिसकेका हिसावले पनि  सबैभन्दा परिपक्व
सहभागी कृति प्रधानले यो समुहको नेतृत्व गर्नु राम्रो भन्ने आईक्यानका
प्राविधिक निर्देशक पी.एन अधिकारीको सुझावलाई कृति प्रधानले सहजै
स्युकारिनन् मात्र, उनले सहि नेतृत्वको उदाहरण समेत बनेर देखाइन्।  छोटो
समयमा टिकट देखि आर्थिक स्रोतको ब्यबस्थापन तथा परिचालनमा निकै नै अब्बल
देखिइन् कृति प्रधान। 

कृति प्रधान

कार्यालयको काम, मास्टर्सको परिक्षा तयारि र अन्य कामहरुका वावजुत पनि, आफुभन्दा साना भाईबहिनीहरुले गरेको हरेक क्रियाकलापलाई नजर अन्दाज गर्दै , सबैले गरेका कार्यहरुका प्रति सल्लाह तथा सुझाव दिदैं अन्तत : उनले सबैको नेतृत्व गरिन्। कृति प्रधानको नेत्रित्वमा काम गर्न निकै नै सहज भएको अन्य सहभागीहरुको भनाई थियो। साथमा नेपाली सिए बजारले देखाएको उदारता पनि प्रशंसनीय नै थियो।  बिधार्थीहरुको हरेकखाले समस्यालाई आइक्यान देखि नेपाली बजारमा रहेका बिभिन्न सिए इन्स्टिच्युटहरुले पनि सहयोग गरेका थिए।  सबैको सहयोगका प्रति आभारी हुदैं कार्यक्रममा निकै नै राम्रो प्रस्तुति गरेर फर्कने बिधार्थीहरुको  भनाई छ। 

तस्बिर : सहभागीहरुको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्