![]() |
तस्बिर : मनोज पौडेलको फेसबुकबाट |
बार्षिक रुपमा आयोजना हुँदै आएको एनकासा कप क्रिकेट यसपाली पनि आयोजना हुने भएको छ। आईक्यान अन्तर्गत सिए अध्ययन गरिरहेका विधार्थीहरुको संगठन एनकासाको आयोजनामा सम्पन्न हुन लागेको उक्त प्रतियोगितामा काठमाण्डौका विभिन्न सिए फर्ममा कार्यरत बिधार्थी तथा सिएहरुले सहभागिता जनाउने एनकासाले जानकारी दिएको छ। पुष मशान्तपछी सामान्यतया सिए फर्ममा कामको चाप कम हुने भएकाले पनि उक्त समयको सदुपयोग एनकासाले बार्षिक रुपमा गर्दै आएको छ।यहि माघ ११ गते देखि १६ गते सम्म आयोजना हुन लागेको उक्त प्रतियोगिता पुल्चोक इन्जिनियरिंग कलेजको खेल मैदानमा सम्पन्न हुने एनकासाले जनाएको छ।
![]() |
तस्बिर : एनकासाको फेसबुकबाट |
प्रतियोगिता र एम खनाल एण्ड एसोसियएट्सको चर्चा : एनकासाले बार्षिक रुपमा आयोजना गर्ने क्रिकेट प्रतियोगितामा बर्ष नै पिच्छे एम खनाल एण्ड एसोसिएट्सले बाजी मार्ने गरेकाले पनि प्रतियोगिताको आयोजनाको खबर सार्वजनिक हुने बित्तिकै एम खनाल एण्ड एसोसिएट्सको चर्चा चुलिएको छ। यसपालिको प्रतियोगितामा पनि एम खनाल एण्ड एसोसिएट्सलाई सबैभन्दा बलियो समुहका रुपमा विश्लेषण गरिएको छ।
यसपाली बिबाद नहोस् : हुन त खेलमा सामान्य खालका बिबाद हुनु नौलो होइन। तर एनकासाले आयोजना गर्ने हरेकजसो क्रिकेट प्रतियोगितामा कुनै न कुनै खालका बिबाद हुने बिगतका अनुभवले भने एनकासा यसप्रति सजग हुनु पर्ने देखिन्छ। यस भन्दा अघिल्लो वर्षामा अन्तिम खेलमा एक चौकालाइ लिएर बिबाद भएपछी खेल केहि समयका लागि स्थगित भएको थियो भने त्यस अघिको वर्षमा गैर सिए बिधार्थी खेलमा सहभागी भएको भन्दै बिबाद निस्किएको थियो।
प्रतिक्रिया दिनुहोस्