एसीसीए सिक्षाका लागि नेपालको सबैभन्दा चर्चित शैक्षिक संस्था नेश्नल कलेज अफ एकाउन्टेन्सीले नेपाली कर सम्बन्धि जानकारी दिने उद्धेश्यले कर सम्बन्धि कार्यक्रमको आयोजना गर्ने भएको छ। यहि जनवरी २९ र ३० तारिखमा आयोजना हुने उक्त कार्यक्रम बिहान ११ बजे देखि ५ बजेसम्म आयोजना हुने एनसीए स्रोतले बताएको छ। बिसेष गरि एसीसीए अध्ययन गर्ने बिधार्थीहरुले यु.केको कर सम्बन्धि जानकारी राख्ने र नेपाली बजारमा काम गर्दा केहि अफ्ठ्यारो हुने भएका कारण विधार्थीलाई त्यसखाले समस्या नहोस भन्दै यसखाले कायक्रम विभिन्न समयमा हुँदै आएको छ। यसभन्दा अघि ए.एल.सी.एन नामक संस्थाले यसखाले कार्यक्रमको आयोजना गर्ने भएको छ। पछिल्लो समय ए.एल.सी.एन नामक संस्था निस्क्रिय प्राय: भएपछी एनसीएले आफैंले नेतृत्व गर्दै नेपाली कर सबन्धि कार्यक्रम आयोजना गर्न लागेको हो।
नेपाली सिए बजारमा कर सम्बन्धि तालिमका लागि निकै नै चर्चित सिए मुकुन्द देव अधिकारीले कार्यक्रममा नेपाली कर सम्बन्धि तालिम दिनुहुने बुझिएको छ। यस अघि ए.एल.सी.एनको आयोजनामा भएको कर सम्बन्धि तालिममा पनि मुकुन्द देव अधिकारीले नै तालिम दिनुभएको थियो । कार्यक्रममा एसीसीए सदश्यहरु, एफिलिएट्स, एसीसीए अन्तर्गत प्रोफेसनल लेभल पढिरहेका बिधार्थिहरु वा एसीसीए अन्तर्गत एफ ७ , एफ ८ र एफ ९ अध्ययनरत बिधार्थीहरु सहभागी हुन सक्छन्। कार्यक्रममा सहभागी हुने रु २००० शुल्क लाग्ने एनसीएले बताएको छ । कार्यक्रममा सहभागी हुन एनसीएको कार्यालय, टेलिफोन नम्बर ०१-४४७९४७४ वा एनसीएको ई-मेल ठेगाना E: [email protected] मा सम्पर्क गर्न सकिने एनसीएले बताएको छ । तस्बिर: एजेन्सी
प्रतिक्रिया दिनुहोस्