Skip to content

आईक्यानको निमन्त्रणा कार्डमा व्याकरणीय त्रुटी

नेपाल चार्टड  एकाउन्टेन्ट्स संस्था (आईक्यान ) ले आफ्नो १८ औं वार्षिक उत्सव  मनाउने क्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, अतिथि, संचारकर्मी तथा अन्य आगन्तुकहरुलाई पठाएको निमन्त्रणा कार्डमा व्याकरणीय त्रुटी  फेला परेको छ।  निमन्त्रणा कार्डमा लेखिएको अंश “President CA Narendra Bhattarai request the pleasure of your company on the occasion of the Institute’s 18th Anniversary Celebration & First ICAN Summit -2015″ मा व्याकरणीय त्रुटी फेला परेको हो। उक्त कार्डमा requests हुनु पर्ने  request मात्र लेखी त्रुटी भएको हो। निमन्त्रणा कार्ड पढ्दा व्याकरण नमिलेको भन्ने संका लागेपछी सिए सरोकारले भाषा विशेषज्ञसंग परामर्श लिंदा यस्तो त्रुटीबारे खुलेको हो।आईक्यानको निमन्त्रणा कार्डमा लेखिएको अंश ठिक भए नभएको बारे अंग्रेजी भाषा विसेषज्ञ सत्य नारायण चौधरीसंग सिए सरोकाले राखेको प्रश्नको उत्तर दिंदै उनले लेखिएको अंशमा त्रुटी भएको बताएका छन् । यस खाले  त्रुटीबारे विभिन्न व्यक्तिका विभिन्नखाले राय छन्।  केहिले भाव प्रस्ट बुझिएकाले यस खाले त्रुटीले खासै फरक नपर्ने बताउँछन् भने केहिले भने यसखाले निमन्त्रणा कार्ड देशका उच्च तहका कर्मचारी , संचार माध्यम, र केहि बिदेशी आगन्तुकसम्म पनि जाने हुनाले त्रुटीले आईक्यानको मर्यादा माथि आँच आउन सक्ने बताउँछन्।  

प्रतिक्रिया दिनुहोस्