‘सिए…’ नाम अगाडि राखिने यी दुई अक्षरको महत्व बजारमा निकै छ। समाजले सिए भन्ने बित्तिकै घर , गाडी, आईफोन र धेरै पैसा वाला काम गर्ने मान्छे भनेर चिन्दछ। हुन पनि धेरै हदसम्म त्यो सत्य पनि हो। अझ नेपाली बैंकिंङ्ग क्षेत्रमा बिगत लामो समयदेखि काम गर्दै आफ्नो छुट्टै पहिचान बनाईसकेका सिए अनल राज भट्टराईको नाम सिए बजारका लागि नौलो होइन। समाजले सोचेको सिए उनी भित्र पनि छ। र त हिजो उनले सामाजिक संजालमा राखेको एक तश्विर अहिले चर्चाको बिषय बनेको छ। तश्विरमा सिए अनल राज भट्टराई सफा टेम्पो चढेका छन्। उनी जस्ता प्रतिष्ठित सिए यसरी सफा टेम्पोमा चढ्नु नेपाली समाजमा बिरलै मानिन्छ। २४ बर्षपछी आफुले सफा टेम्पो चढेको उल्लेख गर्दै सामाजिक संजालमा उनले सफा टेम्पो चढ्नुको अनुभव निकै नै राम्रो भएको उल्लेख गरेका छन्। उनले उक्त तश्विर राखे लगतै थुप्रै प्रतिक्रियाहरु पनि आएका छन्। केहि प्रतिक्रिया निकै रोचक छन् भने कहिले पूराना दिनहरु ताजा बनाउँछन्। उनका केहि फेसबुक साथीहरुले उनको यो कामको प्रसंशा गरेका छन्। केहिले “ड्राईभर छुट्टीमा हो ? ” भनेर जिस्काएका छन् भने कहिले उनको अनुभवसंग आफ्नो अनुभव पनि साटेका छन्।
अपाङ्ग सिटका कुरा : संयोगबस् उनले अपलोड गरेको तश्विरमा उनी अपाङ्ग सिटमा बसेका रहेछन्। उनका एक फेसबुक साथीले “अपाङ्ग सिटमा बस्नुभाको सर ? भनेर प्रश्न गरेपछी मात्र उनले सफा टेम्पोमा यस्तो नीति रहेको थाहा पाएको बताएका छन्। महिला तथा अपाङ्गहरुको आफुले सधैं नै सम्मान गर्ने गरेको बताउंदै उनले आफुलाई थाहा नभएकाले र टेम्पो भरिएको नभएकाले पनि अपाङ्ग सिटमा संयोगबस् बसेको बताउंदै फेसबुकमा प्रतिक्रिया दिने साथीलाई यसरि प्रतिउत्तर गरेका छन् “Though
I advocate reservation for invalid and for women but, I failed to
notice that safa tempo have had such provision. Tempo was not much
occupied, I will be very careful on next ride which I will do on next
Saturday.”
I advocate reservation for invalid and for women but, I failed to
notice that safa tempo have had such provision. Tempo was not much
occupied, I will be very careful on next ride which I will do on next
Saturday.”
प्रतिक्रिया दिनुहोस्