आईक्यानको आशन्न चुनावको चटारो बढिरहेका बेला बजारमा केहि अस्वभाविक गतिबिधिहरु पनि हुन थालेका छन्। आफुलाई जिताउनदेखि अरुलाई पछार्नसम्म लागि परेका विभिन्न गुट – उपगुटका विभिन्न भेला, तथा बैठकहरु आयोजना भईरहेका छन्। चुनावमा कसरि बढी भन्दा बढी भोट ल्याउने भन्ने सन्दर्भमा आशन्न आईक्यानको चुनावमा पोस्टल भोटका लागि लाखौँको खर्च हुन लागेको तथ्य बाहिर आएको छ। आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक बरिस्ट सिएले सिए सरोकारलाई आशन्न आईक्यानको चुनावका लागि पनि पोस्टल भोटमा विभिन्न तरिकाले धाँदली गर्नका लागि लाखौँको खर्च हुन लागेको लागेको बताएका छन्। विदेशमा रहेका आईक्यानका सदश्यहरुमध्ये केहि बिशेष व्यक्तिहरुलाई आफ्नो हातमा लिएर त्यहाँ रहेका सदश्यहरुको भोट गलत तरिकाले आईक्यानसम्म ल्याईपुर्याउने खेलमा लाखौँको खर्च भईरहेको समेत उनले जानकारी दिए। यस अलावा पोस्टल भोट नेपाल ल्याई पुर्याउने सम्पूर्ण खर्च समेत उमेद्वार स्वोयम् ले बेहोरिदिने गरेको समेत उनले जानकारी दिएका छन्। आईक्यानको पोस्टल भोटमा विभिन्न खाले धाँदली हुने गरेको आरोप यस अघि पनि लाग्ने गरेको थियो। उनका अनुसार कति पय अवस्थामा त भोटर स्वोयम् लाई थाहा नै नदिई वा भोटरको अनुमति नै नलिई समेत पोस्टल भोट नेपाल आउने गरेको छ। यसरी पोस्टल भोटमा धाँदली गर्न लाखौँ खर्च गर्ने हरुको लिस्टमा केहि चलेका
नामहरु समेत संलग्न रहेको उनले सिए सरोकारलाई जानकारी दिएका छन्।
नामहरु समेत संलग्न रहेको उनले सिए सरोकारलाई जानकारी दिएका छन्।
के हो पोस्टल भोट ? विदेशमा रहेका आईक्यानका सदश्यले आईक्यानको चुनावमा भाग लिने प्रक्रिया अन्तर्गत पोस्टलमार्फत विदेशबाट पठाइने मत नै ‘पोस्टल भोट’ हो। देश बाहिर रहेका आफ्ना सदश्यहरुले समेत चुनावमा भाग लिउँन् भन्ने उद्देश्यका साथ् यस खाले ‘मत प्रणाली’को सुरु भएको थियो। तर बिगतका केहि चुनावहरुमा भने पोस्टल भोटको गलत प्रयोग भएको वा पोस्टल भोटमा धाँदली हुने गरेको आरोप लाग्दै आएको छ। यसपाली पनि पोस्टल भोटमा धाँदली गर्नका लागि लाखौं रुपैयाँ खर्च भईरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्