Skip to content

बिबिएस र सिएको परिक्षा फेरि जुध्यो

स्नातक तेस्रो वर्षको परीक्षा जेठ १४ देखि २३ चैत, काठमाडौं । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्नातक तेस्रो वर्षको परीक्षा आगामी जेठ १४ गतेदेखि सञ्चालन हुने भएको छ । त्रिभुवन विश्व विद्यालयले एक सार्वजनिक सूचना जारी गरी परीक्षा तालिका
प्रकाशित गरेको छ । २०६७ देखि २०७१ सम्मका आंशिक र २०७२ सालमा पहिलो पटक
परीक्षा दिने नियमित तथा प्राईभेट परीक्षार्थीहरुको परीक्षा तालिका
सार्वजनिक गरेको हो ।
सार्वजनिक
तालिका अनुसार शिक्षा, मानविकी, कानुन, विज्ञान तथा प्रविधिको परीक्षा
बिहान सात बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ भने व्यवस्थापन विषयको परीक्षा
भने दिउँसो एक बजेदेखि चार बजेसम्म सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

सिएको परिक्षा जुध्यो, आईक्यान मौन  : गत बर्ष जस्तै यसपाली पनि सिए र बिबिएसको परिक्षा जुधेको छ। जेष्ठ २१ गते बिबिएसको अडीट बिषयको परिक्षा छ भने यता सिए अन्तर्गत विभिन्न तह का विभिन्न परिक्षाहरु छन्।  बिषयको परिक्षा छ।  गत वर्ष पनि यसरि नै सिए र बिबियसको परिक्षा जुधेको थियो। गत बर्ष जुन १ तारिख देखि १० रारिखसम्म बिबियस अन्तर्गतका कुनै पनि परिक्षा नगर्ने भन्ने भनाई बाहिर आएको भएपनि  त्यो भनाई कुरैमा मात्र सिमित बनेको छ।  बिधार्थीको परिक्षा जुधेकोबारे आईक्यान  भने मौन छ।  

प्रतिक्रिया दिनुहोस्