Skip to content

उमेद्वारी दर्ताको पहिलो दिन आईक्यानमा जे देखियो

 आउँदो जेष्ठ २९ गते हुने आईक्यानको चुनावका लागि उमेद्वारी दिने आज पहिलो दिन आईक्यानमा निकै नै चहल पहल देखिएको छ।  विभिन्न गुट बनाएर आईक्यानमा आएका सिए तथा आरएहरुले आ-आफ्नो उमेद्वारी दर्ता गरेका छन्। नेपाल  बोर्डका पहिलो सिए भव नाथ दाहालदेखि पछिल्लो पुस्ताका नील सारुले आफ्नो उमेद्वारी दिएका छन्।
एका बिहानै आईक्यान पुगेका जगन्नाथ उपाध्यायका प्रतिनिधिले पहिलो नम्बरमा नाम दर्ता गराएका छन् भने दोश्रो नम्बरमा कृष्ण भट्टाराईका प्रतिनिधिले नाम दर्ता गराएका छन्। एक नम्बर र दुई नम्बरमा नाम दर्ता गराउने प्रतिनिधिहरुबीच केहि समय, को पहिलो भन्ने विषयमा सामान्य बिबाद समेत भएको थियो। 

आईक्यानका  उपाध्यक्ष समेत रहेका प्रकाश लम्शाल पनि आईक्यानको कार्यालय नखुल्दै
आईक्यान पुगेका थिए।  करिव ९ बजे तिर आईक्यान पुगेका लम्शालले पनि आशन्न
आईक्यानको चुनावमा आफ्नो नाम दर्ता गराएका छन्।  पछिल्लो समय केहि
बिबादमा परेका भए पनि चुनाव जित्ने उमेद्वारका रुपमा प्रकाश लम्शाललाई
हेरिएको छ।  
यो समाचार तयार गर्दा सम्म  सिए जगन्नाथ उपाध्याय, सिए कृष्ण
भट्टराई, सिए भवनाथ दाहाल, सिए महेश गोदार, सिए भरत रिजाल, सिए पियुष
आनन्द, सिए सुनिल जागेबन्जा  , सिए प्रमोद स्वर्णकार, सिए भास्कर लाला , सिए
महेश खनाल , सिए नील सारु , र  सिए प्रकाश लम्शालले आईक्यानको चुनावका लागि
उमेद्वारी दिएका छन्।  
यस अघि आइक्यानको चुनावमा उठ्ने भनिएका सिए नवराज बुर्लाकोटी भने अन्तिम समयमा आएर नउठ्ने भएका छन्।  यस अघि चुनाव जित्ने सिएका रुपमा व्याख्या गरिएका सिए बुर्लाकोटी आफ्नो ब्यबसायिक कारणले नउठेको बुझिएको छ।  सिए नवराज बुर्लाकोटीले सिए भाव नाथ दाहाललाई आशन्न चुनावका लागि समर्थन गरेका छन्।  
अडानका तर्फबाट पूर्व घोषित चार उमेद्वारले
आफ्नो नाम दर्ता गराएका छन् भने आरएहरु तर्फ आफुलाई अडान बाहिरको
उमेद्वार बताउने ३ जनाले उमेद्वारी दर्ता गराएका छन्।  आरए हरि बहादुर
कार्की, आरए राजु केसी , र आरए  रण बहादुर बिष्टले अडान बाहिरबाट आफ्नो
उमेद्वारी दर्ता गराएका छन्।
आशन्न चुनावका लागि भोलि सम्म आफ्नो नाम दर्ता गराउने समय छ।  यद्यपी अधिकांश उमेद्वारहरुले आज नै आफ्नो नाम दर्ता गराएका छन्।  सिए सुरेश देवकोटा लगायत केहिले आफ्नो नाम भोलि मात्रै दर्ता गर्ने बुझिएको छ भने आरएतर्फ भोलि थप एक उमेद्वारले आफ्नो नाम दर्ता गराउने बुझिएको छ।
आइक्यानको निर्वाचन अधिकृतको कार्यालय उमेद्वार दर्ताका कारण आज भरिभराउ देखिन्थ्यो।  आरएहरुतर्फ अडान बाहिर र भित्रकाका उमेद्वारहरुका समर्थक , उमेद्वार सिएहरु , तीनका समर्थकहरु लगायत ले निर्वाचन अधिकृतको कार्यालय निकै भरिभराउ देखिएको थियो।
आइक्यानमा उपस्थित विभिन्न उमेद्वारहरुले आइक्यानमा उपस्थित अन्य सिएहरुलाई आफुलाई सहयोग गर्न अनुरोध गरेका थिए।  यता आरएहरुतर्फ भने अडान र अडान बाहिरका गरी दुइ गुटमा आएका सिएहरुले आइक्यान परिसर भित्र आ-आफ्नो जीतको दाबी गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्