आईक्यानबाट क्याप वान उतिर्ण गरी क्याप टुमा भर्ना हुने बिधार्थीहरुले आईक्यानमा चांडो भर्ना गरेकाहरुले एक एटेम्ट परिक्षा कम दिने पाउने गरेको खुलासा भएको छ। नतिजा आउने बित्तिकै केहि दिन मै आईक्यानमा क्याप टु भर्ना गर्ने बिधार्थीहरुले अरु बिधार्थीहरु भन्दा एक एटेम्ट कम परिक्षा दिन पाउनेछन् भने आउँदो परिक्षाको फर्म खुलिसकेपछी वा दर्ता मितिको अन्तिम साता आईक्यानमा भर्ना गर्नेले एक एटेम्ट बढी परिक्षा दिन पाउने गरेको खुलेको छ।
मानौं तपाइले एक बर्षे क्याप वान डिसेम्बरको परिक्षामा उतिर्ण गर्नुभएको थियो। फेब्रुअरी १५ मा नतिजा आउने बितिकै तपाइले फेब्रुअरी अन्तिम वा मार्च पहिलो साता वा आईक्यानको जुन परिक्षाको फर्म नखुल्दै आईक्यानमा क्याप टु को लागि दर्ता गर्नुभएको हो भने क्याप टुमा कुल ८ एटेम्ट मात्रै परिक्षा दिन पाउनु हुनेछ। तर तपाइले यदि आईक्यानले जुन परिक्षाको फारम खुलिसकेपछी मे महिना तिर क्याप टुको लागि दर्ता गर्नु भएको हो भने तपाइँले क्याप टु मा कुल ९ एटेम्ट परिक्षा दिन पाउनुहुनेछ।
किन हुन्छ यस्तो ? आईक्यानको नियम अनुसार दर्ता भएको मितिले ५ वर्षमा तपाइँको रजिस्ट्रेसनको अवधि सकिन्छ। तर त्यो पाच बर्ष नसकिंदै आईक्यानको फर्म खुल्यो भने तपाइले परिक्षा दिन पाउनु हुनेछ। माथिको उदाहरण अनुसार मे महिनामा दर्ता गर्नेहरुको पांच बर्ष नसकिंदै आईक्यानको फर्म खुल्ने हुनाले उनीहरुले थप एक पटक परिक्षा दिन पाउनेछन् भने पहिला नै दर्ता गर्नेले थप एक पटक परिक्षा दिन पाउँदैनन्।
के भन्छ एनकासा? : यहि कुरालाई लिएर केहि समय अगाडी एनकासाका प्रतिनिधि आईक्यानका तत्कालिन अध्यक्षसमक्ष पुगेका थिए। तर यस बारे छलफल गर्न पुगेका एनकासा समूहले ” फूटबल खेल्न निस्किएको मान्छे हार्यो, सक्यो !” भनेर गैर जिज्म्मेवार प्रतिक्रिया पाएको एनकासा स्रोतले बताईको छ। ” फूटबल खेल्न निस्किएको मान्छे हारे पनि उसले गरेको अन्तरास्ट्रिय गोलको त मुल्यांकन हुनु पर्यो नि ! ” भन्ने एनकासा प्रतिनिधिको उत्तरलाई आईक्यान प्रतिनिधिले त्यस्तो कुरा नगर्न भन्दै टारेका थिए।
यसरि पनि फसे बिधार्थी : आईक्यानमा अध्ययन गरेका एक बिधार्थीको भोगाई यस्तो पनि रह्यो कि संगै पढेको साथीले एक पटक बढी परिक्षा दिन पायो, जव कि आफ्नो एक ग्रुप कटेर पहिलो ग्रुप मा एक बिषय एक्जम्सन आउँदा पनि बाँकी दुई परिक्षा दिन पाइएन, आई क्यान मा चांडो भर्ना गरेकै कारण। यसरि आईक्यानको परिक्षामा एक एटेम्ट कम पाएर सिए बन्ने सपनालाई तुहाऊनु परेका घटनाहरु पनि नेपाली सिए बजारमा छन्।
टाइम भ्यालु अफ मनि पनि मान्दैन आईक्यान : आफ्ना हजारौं बिधार्थी हरुलाई ‘टाइम भ्यालु अफ मनि’ सिकाउने आईक्यान आफु भने उक्त नियमलाई मान्दैन। जसले चांडो पैसा तिर्यो त्यहि बिधार्थीलाई कम सुबिधा हुन्छ भने जसले ढिलो पैसा तिर्यो उसैलाई बढी सुबिधा हुन्छ। यसबारे गुरागाईंपछीका आईक्यान नेत्त्रित्वसम्म पनि एनाकासाले यो बिषयलाई लागेको छैन।
प्रतिक्रिया दिनुहोस्