विजेता प्रियंकाले उपाधि ताजसहित यामाहा स्कुटी हात पारिन् भने हङकङ भ्रमणको अवसर पनि पाइन्। यस्तै, भेडेटार होटल एसोसिएशनको पर्यटन दूत, आशरा सुधार केन्द्र र बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको पनि उनी सद्भावना दूत घोषित भएकी छन्। नेपाल कर्मश क्याम्पसमा चार्टर एकाउण्टेण्ट अध्ययनरत उनी भविष्यमा समाजसेवा गर्न चाहन्छिन्। नाच्न र चित्र बनाउनमा उनलाई रुचि छ।
प्रतियोगितामा विजेता प्रियंकाले मिस पब्लिक च्वाइसको टाइटल पनि जितिन्। फष्ट रनरअप अनुले मिस ट्यालेण्टको टाइटल जितिन् भने मिस चार्मिङ सायरा लिम्बु, मिस पर्सनालिटी सञ्जु मल्ल ठकुरी, मिस फ्रेण्डसिप मिशाल श्रेष्ठ, मिस फोटोजेनिक समुना लिम्बु र मिस वेष्ट वाक सरुपा थापा मगरले जितिन्। टाइटल विजेताले जनही नगद १० हजार थापे। भव्य समारोहमा गायक नवराम राई, नवराज बस्नेत, वविन लिम्बु र पदम राईले गीत गाएर मनोरञ्जन दिलाए।
प्रतिक्रिया दिनुहोस्