Skip to content

आईक्यानले नियम बिपरित पैसा असुलेको बिधार्थीहरुको गुनासो

तीन पटक भन्दा बढी पटक एउटा बिषय को परिक्षा दिने बिधार्थी हरुलाई आइ क्यान ले प्रति बिषय केहि समय अघि सम्म १५० रुपैयाँ लिन्थ्यो भने हाल ३०० रुपैयाँ लि ई रहेको छ।  तर क्याप टु अन्तर्गत पूरानो स्किम मा आइ क्यान मा अभारना भएका बिधार्थी हरु भने यसबाट मर्का मा परेका छन्।  आइ क्यान ले पहिला को नियम अनुसार को १५० लाई बे वास्था गर्दै सबै विषयमा नयाँ शुल्क अनुसार शुल्क आशुले पछी बिधार्थी हरु मर्का मा परेका हुन्।  
“प्रति परिक्षा ३०० तिर्नु पर्ने नियम आउनु भन्दा अघि मैले  ५ पटक अतिरिक्त परिक्षा दिएँ।  छैटौं पटक ३०० रुपैयाँ तिर्नु पर्ने नियम आउदै गर्दा म छैटौं पटक पास भएँ।  तर आइक्यानलेमा संग ६ पटकको प्रति बिषय ३०० का दरले १८०० अशुल्यो।  खासमा चाहिं ५ X १५० =७५० र एक बिषयको ३०० गरी कुल १०५० लिनु पर्ने थियो। यसरी नियम बिपरित आइक्यानले मजस्ता धेरै बिधार्थी लाई ठगिरहेको छ ” आइक्यानका एक बिधार्थीले भने।  आइक्यानले गरेको निर्णय पनि निर्णय भएको मिति पछी मात्र  कार्वानयन हुने ब्यबस्था भए पनि विधार्थीलाई ठग्न मिल्ने नियमलाई भने अपव्याख्या गर्दै आइक्यानले विधार्थीलाई ठगिरहेको समेत बिधार्थीहरुको आरोप छ।  

प्रतिक्रिया दिनुहोस्