Skip to content

AITE मा सहयोग माग्दा उल्टै अर्ति र गाली पाए बिधार्थीले

आईक्यानमा अध्ययनरत क्याप टु र थ्रीका बिधार्थीले गर्नु पर्ने  अनिवार्य आइटि तालिम  प्रदान गर्ने दुई संस्थाहरु मध्येको एक AITE मा क्याप टु मा अध्ययन गर्ने बिधार्थीले आकस्मिक रुपमा सहयोग माग्दा सहयोग पाउनुको सट्टा अर्ति पाएका छन्।  क्याप टुको परिक्षा भर्न एक दिन बाँकी रहंदा आइक्यानको परिक्षा फारम भर्न आबश्यक AITE ले प्रदान गरेको पत्र संयोग बस् हराएपछी सहयोगका लागि AITE गुहारेका बिधार्थीले उल्टो “लेटर पनि हराउने अनि लास्ट दिन भनेर हुन्छ ? ” भन्ने गैर जिम्मेवारपूर्ण उत्तर सहित असहयोग पाएका छन्। 
“फर्म भर्ने भोलि अन्तिम मिति भएकाले म आबश्यक कागजात मिलाउँदै थिएँ। दुर्भाग्यबस् मेरो AITE ले दिएको फर्म फेला परेन। परिक्षा दिन नपाउने डरले म अतालिएं।   तर सहयोगका लागि जव मैले AITE मा खबर गरें, मैले सहयोग होइन गाली सहितको अर्ति पाएँ ”  पिडित बिधार्थीले सिए सरोकार लाई सुनाए।  ” मैले अर्को चिठी लिन के गर्नु पर्छ भनेर सोधें।  फोन उठाउने AITE प्रतिनिधिले यहाँ म्यामलाई सोध्नु पर्छ भन्नु भयो। मैले भोलि अन्तिम दिन हो, म्यामसंग आफैं कुरा गर्छु नि ! फोन नम्बर दिन मिल्छ ? भनेर सोधेको मात्र थिएँ, उहाँले त लेटर पनि हराउने अन्तिम दिन पनि भन्ने ? भनेर चर्को स्वरमा गाली गर्नु भयो। म अरु थप केहि कुरा पनि सोध्दै थिएँ तर उहाँले म्याम आएपछी म सोध्छु मात्र भनेर हतारमा फोन राख्नु भयो। ” पिडित बिधार्थीले सुनाए । 
“पछी मैले फेरि फोन गरें तर उठेन। फर्म भर्न संगै जाने साथीलाई फोन गरें।  मेरो भाग्य, त्यो पत्र साथीको क्लियर ब्यागमा रहेछ जुन कुरा उसले पनि आजै थाहा पाएछ।  आज फर्म भरियो।  तर कदम कथाची मेरो फर्म नभेटिएको भए AITE को गैर जिम्मेवारीकै कारण मैले परिक्षा दिन नपाउने रहेछु।  हो मेरो गल्ति छ, मैले मेरो कागजातको हेक्का राख्नु पर्थ्यो।  तर जे भए पनि बिधार्थीलाई परिक्षाको मुखमा अर्ति र गालि भन्दा सहयोगको खाँचो हुन्छ भन्ने चाहिं AITE ले बुझिदियोस्।”  उनले भने। बिगतमा पनि AITE लाइ बिधार्थी मैत्री नभएको आरोप विधार्थीहरुले लगाउंदै आएका थिए।   तस्बिर :AITE को फेसबुक पेज 

प्रतिक्रिया दिनुहोस्