Skip to content

देश दुखेका बेला…

अर्जुन पाठक (क्याप-टु)
गत १२ गते गएको महाबिनास कारि भुकम्प ले देश येतिबेला चरम पिडामा छ ।
सर्बप्रथम यो महाभुकम्पमा परी  दिबङगतहुनेहरुको आत्माको चिर शान्तिको
कामना गर्दछु। साथै यस दुखदायी घढिमा मृतकका परिवारजनप्रति हार्दिक
समबेदना ब्यक्त गर्दछु। यो महाबिपतको समयमा आम नेपालीले एकले अर्कोलाइ
सहयोगको भाबना राखि उद्ददार् तथा राहतमा जुट्नु पर्ने यो बेला धेरै
मनकारि नेपालीहरु पिडीतको पिडामा मलम लगाउन लागिपरेका छ्न्।यस्तो समयमा भुकम्प पिडितको सहयोगार्थ जुटिरहेको बिबेकशिल नेपाली  तथा अन्य देशि तथा
बिदेशि सङसस्थाहरुलाई  नमन गर्न चहान्छु। भुकम्पपछि देश त्राहि त्राहि भएर 
बाचिरहेको छ। यस्तो पिडादायी  समयमा सम्पूर्ण  नेपाली  काधमा काध जोडी  फेरि
सुन्दर हम्रो नेपाललाई  जगाउनु छ। एतिहासिक धरोहर तथा सम्पदाहरु क्षतबिक्षत भएका छ्न्। नेपालको इतिहास बोकेका सम्पदाहरु नस्ट हुदा कुन नेपालीको मन रोएको छैन होला  र ?
भुकम्पपछि रोहीरहेको मेरो देश अनि छट्पटाइरहेका
नेपालीहरुमा फेरि नयाँ  शक्ति ल्याउनु छ । येति बेला मेरो देश रोइरहेको
छ। यतिबेला हामी  जस्ता युबा चाहिएको  छ। यस बिपतिको सामना सबै नेपालि मिलेर
गर्नु पर्छ। दिनहु जसो टिभिको स्क्रिनमा देखिने भग्नाबशेस बस्तिहरु
देख्दा मुटु नै चिरिएर आउछ्। आज मात्र म एउटा समुहसंग आबद्द भै
सिन्धुपल्चोक पुगेको थिए । सम्पुर्न बस्ति ढ्लिरहेको छ। पिडित राहतको पर्खाइमा बसिरहेका छ्न् । तर हम्रो सरकार अहिलेसम्म पुगेको छैन । हाम्रो सरकार
भन्दा पनि बिदेसी  मिडिया पहिले पुगेको देख्दा अचम्म लाग्छ। सिन्धुपाल्चोककै
धेरै गाबिसहरुमा अहिले सम्म मृतकको लाससम्म उठेको छैन। यसले  पनि
प्रस्ट हुन्छ कि सिहंदरबार र ग्रामिण  जनताको दुरि कति धेरै
रहेछ्। काठ्मान्डौ देखि नजिकै भए पनि सिन्धुपाल्चोक कै जनताले राहत पाएका
छैनन भने गोर्खा ,लम्जुङको कुरै छोडौ। बैदेशिक राहत आइरहेको खबर छ। तर त्यो
राहत कहिले पिडितसम्म पुग्ने टुङगो छैन।जनता भोक भोकै ,त्रिपाल पनि नपाएर
राहतको झिनो आशमा बाचिरहेका छ्न्।
 के नेपाल काठ्मान्डौ मात्र हो
र? सोचिरहेछु सिन्धुपाल्चोकबाट फर्किएपछि। देश कति बिकशित र गतिशिल
हुनेकुरा त्यस  देशका युबा शक्ति कति कृयाशिल छ्न् भन्ने कुरामा निर्भर
रहन्छ्। म स्विकार्छु देशको ठुलो युबा शक्ति देश बाहिर छ, यसका पछाडि धेरै
कारण  छ्न आज म त्यता जान चाहन्न। तर यो महाबिपतमा जसरि युबा शक्ति जाग्नु
पर्ने हो म त्यो देख्दिन। काठ्मान्डौबाट बिगत केहि दिन यता धमाधम युबाहरु
झोला बोकी  घर तिर लागेको देख्दा अचम्म मात्र होइन मन पनि खिन्न भएको छ। यो
बिपतमा हम्रो युबा शक्तिले नगरे कस्ले गरिदिने? बिदेशि त २।४ दिन आउछ्न् 
सहानुभुति दिन्छ्न जान्छन्, देश बनाउने भनेको हाम्रै युबाशक्तिले हो ,यो
बेला त ब्यापक रुपमा युबा परिचालित भई  उद्ददार् र राहतमा लाग्नु पर्ने
होइन र?अनि सरकारलाई  प्राप्त राहत सम्बन्धित पिडीत सम्म छिटो भन्दा छिटो
पुर्याउन सरकारसंग  हातेमालो र खबरदारी  गर्नु पर्ने होइन र? के नेपाली  युबामा देश प्रेम हराएकै हो? किन देकिदैनन युबा? यि र यस्ता प्रस्नले मेरो मन
धेरै दुखि बनाएको छ। 
आज देश दुखिरहेको छ्। यो शोकलाई  शक्तिमा बद्ल्नु छ।
यस्तो बिपतको घडिमा जस्ले जसरि सक्छ्,त्यसरि सहयोग गरौ,आ- आफ्नो ठाउबाट
लागौ। हामी  कस्तो नेपाल चाहन्छौ, त्यो हाम्रै हातमा छ।आ-आफ्नो ठाउबाट
ब्यापक खबरदारि गरौ। हामी  जागे ,हामी लागे नेपाल फेरि उठ्नेछ,फेरि जाग्ने छ
। हामि फेरि जुट्नु छ। हामी  फेरि जाग्नु छ। त्यसको लागि सरकार र युबा शक्ति
तथा सम्पुर्ण सम्यन्त्रबिच सहकार्य हुनु जरुरि छ। पिडीतलाइ छिटो भन्दा
छीटो राहत प्रदान गरी  पुनर्स्थापनमा लाग्नु छ। हामी  गर्न सक्छौ ,हामीमा इक्षाशक्ति ,गतिलो नीति , सरकार तथा स्थानिय जनताबिचको सहकार्य जरुरि छ.।
भौतिक संरचनाको निर्मान युद्ध गतिमा हुनु आवस्यक छ। तर हामी  आत्तिनु हुन्न, आशाका किरणहरु बोकेर सुर्य उदाउने फेरि फेरि ।धरहरा उठनेछ फेरि।
लेखक क्याप टु का बिधार्थी हुन्

प्रतिक्रिया दिनुहोस्