आराम गरिरहेकी थिईन् । मास्कले मुख छोपेर ओछ्यानमा पल्टिरहेकी उनीसंग उनकी
दिदि पनि अर्को ओछ्यानमा पल्टिएकी थिईन । हामी उनी नजिकै पुग्दै गर्दा आँखा
पुलुक्क पल्टाए पनि उनी केहि बोल्न सकीनन् । नजिकै क्याप टु अन्तर्गत
‘कर्पोरेट एण्ड अदर ल’ बिषयको पुस्तक थियो । संगै सिएको दोश्रो तह क्याप टु
का अन्य कितावहरु पनि औषधि, र मेडिकल रिपोर्टसंगै पल्टिरहेका थिए । घाइते
अवस्थाकि आफ्नी छोरी प्रितीलाई परिक्षाकै चिन्ता लागेको बताउँदै उनका
बाबुले परिक्षा सरेकोबारे केहि जान्न खोजेका थिए । मलिन अनुहारकाबीच
आफुलाई भेट्न आउनेहरुका अगाडी जवरजस्त मुस्कुराउंन खोज्दै गरेकी उनी भित्रको
पिडा अनुहारमा प्रष्ट देखिन्थ्यो ।
भूकम्पपछीको जुन महिनामा हुने भनिएको परिक्षाको तयारि गरिरहेकी प्रिती कोठाबाट निस्कन छोडिसकेकी थिईन । शनिबारको दिन आफन्तले भद्रकालीमा आयोजना गरेको लाख बत्ति प्रज्ज्वलन गर्ने कार्यक्रममा निम्तो मान्न पुगेकी थिइन् प्रिती । दाजु सुरजको केहि दिनपछी आयरल्याण्डको फ्लाईट थियो । केहि छिनको न्युरोड घुमघामपछी धरहरा चड्ने योजना बन्यो । प्रिती, सहितको उनको परिवार धरहराको चौथो तलाबाट पाँचौँ तलामा चढ्दै थिए । एक्कासि धरहरा जोडले हल्लिन थाल्यो । भूकम्प आएको भन्दै तीनै आमाछोरीले एकले अर्कालाई बेस्सरी समाते । केही छिनको कम्पनपछि धरहरा गर्लम्मै ढल्यो । आमा मैया भत्किएको संरचनाभित्र थिचिइन् । प्रितिकी दिदि खुस्बु ठूलो ढिस्काले पुरिइन् । रुँदै हारगुहार गरेपछि केही व्यक्ति र सुरक्षाकर्मीको टोलीले ढिस्को हटाउँदै प्रितीकि दिदीलाई जीवितै निकाल्यो । प्रीति पुरिएकी थिइन् । दुवैलाई उद्धार गरी नजिकैको वीर अस्पताल पुर्यारइयो । पुरिएको ढिस्काभित्र केहीबेर थिचिएर उद्धार गरी वीर अस्पतालमै पुर्याईइएकी मैयाँलाई आफू बाँचेपनि छोरीहरुलाई केही भयो कि भनेर धेरै चिन्तित तुल्यायो ।
प्रतिक्रिया दिनुहोस्