सिए रुपेश गैरेको अन्तिम संस्कार सम्पन्न भएको छ। सिए गैरेको राम्दी नदिको किनारमा हिजो अन्तिम संस्कार गरिएको बताइएको छ। कार दुर्घटनामा परी सिए गैरे सहित उनका बाबु र आमाको समेत निधन भएको थियो। यसै बीच एक्यानले आफ्नो कार्यालयमा श्रादान्जली किताब राखेको बताइएको छ।
उक्त कितावमा सिए गैरे प्रतिको श्रादान्जली ब्यक्त गर्न सकिनेछा। साथै उनको
सम्झनामा एक बिशेष श्रादान्जली सभा समेत छिट्टै नै गरिने एक्यानले बताएको
छ।
उक्त कितावमा सिए गैरे प्रतिको श्रादान्जली ब्यक्त गर्न सकिनेछा। साथै उनको
सम्झनामा एक बिशेष श्रादान्जली सभा समेत छिट्टै नै गरिने एक्यानले बताएको
छ।
बा ११ च १०५३ नम्बरको सुजुकी कारमा सवार दाङ लालमटीया–४ का एकै परिवारका तीन सदस्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा वर्ष ६५ का कृष्ण गैरे, वर्ष ६० की तिला गैरे र वर्ष ४० का रुपेश गैरे रहेको प्रहरीले जनाएको छ। स्वर्गद्वारी दर्शन गरी फर्कदै गरेका उनीहरु तिराम–४, को थक्लेनीमा कार दुर्घटनामा परेका हुन्। मृतक मध्ये दुइको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते तिलालाई थप उपचारका लागि जिल्ला अस्पताल प्यूठान ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो।प्रहरीका अनुसार स्वर्गद्वारीबाट घरतर्फ दाङको लालमटिया देउखुरी फर्कदै गरेको कार माडी नदिमा खसेको छ। नदिमा खसेको कारबाट मृतक दुई जनालाई च्याँपिएको अवस्थामा प्रहरीले बाहिर निकालेकोे जिल्ला प्रहरी प्रमुख डिएसपी तुलबहादुर कार्कीले बताए।दुर्घटनामा घाइते ११ वर्षीया मियाँ गैरेका अनुसार उनका वुवा रुपेशले कार चलाएका थिए। सामान्य घाइते उनको स्वास्थ्य चौकी देविस्थानमा उपचार भैरहेको छ। घाइते बालिकाका अनुसार कारका उनीसहित बुवा, हजुरबुवा र हजुरआमा सवार थिए। मृतकको शवलाई गृह जिल्ला दाङ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। मृत आत्माहरु प्रति सिए सरोकारको हार्दिक स्राद्दान्जली !
प्रतिक्रिया दिनुहोस्