Skip to content

विदेशीको राहत एक्यान मार्फत काभ्रेको धाईटारमा

विदेशी नागरिक Khushboo Gala र Vandana Sandeep Chandawarkar ले क्रमश: भारतको मुम्बई र अस्ट्रेलियाबाट पठाएको राहत एक्यान मार्फत काभ्रेपलान्चोकको धाईटारका सबैभन्दा पिडित गाउँबासीलाई प्रदान गरिएको छ।  एक्यान मार्फत बिदेशीले दिएको दाल, चामल लत्ता कपडा, नुन, तेल लगायतका खाध्यान्न सामाग्री धाईटारका सबैभन्दा पिडित तीन परिवार लाई प्रदान गरिएको छ। 
सहयोग रकम कम भए पनि सहयोगी बिदेशी नागरिक कै अनुरोधमा धाइटारका पिडितहरु मध्ये तीन परिवारलाई मात्र समेट्न सकिएकोए क्यानका महासचिव रमेश धितालले सिए सरोकारलाई बताउनु भएको छ। धाईटारमा अन्य पनि पिडित भएकाले अरु सहयोग आएको खण्डमा पुन : गाउँका अन्य पिडितसामु पनि राहत पुर्याउने समेत सिए रमेश धितालले सिए सरोकारलाई जानाकारे गराउनु भएको छ। 
गत बैसाख १२ गते गएको बिनासकारी भूकम्पका कारण काभ्रेका धाइटार लगायतका बस्तीहरु पनि पिडामा छन्।  अन्य पिडित ठाउँमा जस्तै अधिकांस घरहरु भत्किएका छन् भने जनताहरु पालकै भरमा रात काट्न बाध्य भएका छन्। 

प्रतिक्रिया दिनुहोस्