सिए सरोकारले आयोजना गरेको निर्वाचन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सिएहरुले आफुहरु एक व्यक्ति एक पेसाको पक्षमा रहेको बताएका छन्। एक व्यक्ति एक पेसा पुन : २०८० सालसम्म सर्ने हल्ला चलिरहेका बेला सिएहरुले आफुहरु एक व्यक्ति एक पेसाको पक्षमा रहेको बताएका हुन्। सिए सुरेश देवकोटाले एक व्यक्ति एक पेसा पूर्ण रुपमा कार्वनयन गराउनु नै आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् भने सिए भवनाथ दाहाल, सिए अनल भट्टराई, सिए भरत रिजाल, सिए सुनिल जाकिबन्जा,सिए कृष्ण भट्टराई सिए नील सारु र सिए वाल चन्द्र श्रेष्ठले आफुहरु एक व्यक्ति एक पेसा पूर्ण रुपमा कार्वोनयनको पक्षमा रहेको बताएका छन्।
यता एक सिए भने यहि प्रश्नको उत्तर दिनु पर्ने र त्यसले आफ्ना भोटहरुलाई असर गर्ने कारण कार्यक्रम मै उपस्थित नभएको बुझिएको छ। आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उपस्थित उमेद्वारहरु मध्येबाट नै एक सिएले सिए सरोकारलाई यस्तो जानकारी दिएका हुन्। कार्यक्रममा केहि सिएहरु उपत्यका बाहिर भएकाले कार्यक्रममा उपस्थित थिएनन् भने केहि उमेद्वार आफ्ना परिवारिक कारणले उपस्थित नभएको बताइएको छ। यता केहि सिएलाई भने आईक्यान कै जिम्मेवार सदश्यले कार्यक्रममा एक व्यक्ति एक पेसाका बारेमा बहस हुने र उक्त बहस सार्वजनिक भए आफ्ना भोटर हरु घट्ने भएकाले कार्यक्रममा नजान चर्को दवाव दिएको उपस्थित सिए मध्येकै एकले सिए सरोकार लाई बताए।
प्रतिक्रिया दिनुहोस्