Skip to content

रन्कियो चुनावी माहोल ! ठाउँ ठाउँमा भेला, आफ्नालाई सुराकी !

आईक्यानको चुनाव दैलोमै आईपुग्दा नेपाली सिए बजारमा चुनावी माहोल रन्किएको छ।  आईक्यानको सुन्य समय सुरु भईसक्दा पनि विभिन्न समुहका बैठक तथा  भेटघाटले निकैनै तिब्रता पाएको छ। बुधाबार पनि विभिन्न समुहका विभिन्न बैठक तथा अन्तरकृया आयोजना भएका छन्।  नयाँ बानेश्वरको एक रेस्टुरेन्टमा नेपाल बोर्डका उमेद्वार तथा केहि सिएहरुको छुट्टै भेला आयोजना भएको खबर छ भने कोटेश्वर र दरबारमार्गमा क्रमशः अन्य दुई समुहका भेटघाट तथा अन्तरकृया आयोजना भएको थियो।  
हरेक भेलामा सुराकी : यसैबीच चुनावी माहोल बुझ्न हरेक जसो भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कोहि न कोहि सुराकी भेटिएका छन्।  नेपाल बोर्ड बाहेकका सिएहरुलाई नबोलाइएको भए पनि नयाँ बानेश्वरमा भएको कार्यक्रमका बारेमा त्यहाँ पुगेका एक सिएले कार्यक्रमबारे कार्यक्रम सकिने बितिकै आफु निकटका उमेद्वारलाई जानकारी गराएका थिए भने दरबारमार्ग र कोटेश्वरमा आयोजना भएका भेलाहरुमा पनि सुराकी तथा कार्यक्रम सम्बन्धि आफु निकटका उमेद्वारहरुलाई कार्यक्रम बारे जानकारी दिने काम भएको थियो।

प्रतिक्रिया दिनुहोस्