
आईक्यानको चुनाव आउन केहि घण्टा मात्र बाँकी रहँदा नेपाली सिए बजारको माहोल निकै नै तातेको छ। आज विभिन्न उमेद्वारहरु आफ्ना मतदाताहरुलाई सम्पर्क गरी आईक्यानको परिचयपत्र ल्याउन सम्झाएको बाहानामा ‘क्रस चेक’ गरिरहेका छन्। अधिकांस उमेद्वारहरु आ-आफ्ना कार्यालयका काम छोडेर चुनावी दौडको अन्तिम कसरत गरिरहेका छन् भने कतिपय उमेद्वारहरु अझै केहिलाई भेट्ने क्रम मै छन्। यसै बीच उमेद्वारहरुले आ-आफ्नो जीत निश्चित भएको दावी गर्न समेत थालेका छन्। केहिले सामाजिक संजाल मार्फत आफ्नो जीत निश्चित भएको बताइरहेका छन् भने कहिले आफु निकटका उमेद्वारका लागि विभिन्न खाले लविंङ गरिरहेका छन्।यसैबीच नेपाल बोर्डका उमेद्वारहरुको स्थिति कस्तो छ भन्ने चर्चा पनि यतिबेला नेपाली सिए बजारमा चल्न थालेको छ।
के छ सुरेश देवकोटाको स्थिति ? : नेपाल बोर्डका दुईउमेद्वार मध्येका एक सिए सुरेश देवकोटाले पनि आफुले चुनाव जित्ने दावी गरेका छन्। आफ्ना एजेन्डाहरु प्रष्ट भएकाले आफुले चुनाव जित्ने उनको दावी छ। सिए सरोकारसँग कुराकानी गर्दै उनले नेपाल बोर्डको सम्मानजनक सहभागिताका लागि पनि आफुलाई सबैले समर्थन गरेको बताउंदै आफ्नो जीत निश्चित भएको बताए। विशेष गरी एक व्यक्ति एक पेसा पूर्ण कार्वानयनको पक्षमा आफु भएकाले पनि आफ्नो जीत आवश्यक भएको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस्