गेटदेखि नै मतदाताहरुलाई स्वागत गर्न बसेका विभिन्न समुहका स्वयम् सेवक,
मतदाताहरु, तथा उमेदवारहरुको निकै नै चहल पहल छ। स्वयम् सेवकहरु आफ्नै
काममा तल्लिन छन् भने उमेद्वारहरु आफ्ना मतदाताहरुलाई स्वागत गर्न व्यस्त
छन्। निर्वाचन स्थलमा संचारकर्मीहरुको पनि उल्लेखनीय उपस्थिति छ। विभिन्न
टेलिभिजन, पत्रिका तथा अनलाईन मिडियाबाट आएका विभिन्न संचारकर्मीहरु पनि
समाचार संकलनमा ब्यस्त छन्। निर्वाचन स्थल मै चुनावी नतिजाको विभिन्न विश्लेषण भईरहेको छ। हिजो
मध्येरातमा चुनावी ‘ईक्वेसन’ परिवर्तन भएको खबर सार्वजनिक भएपछी उत्कृष्ट
१० मा को पर्छ भन्ने विश्लेषण भईरहेको छ। पछिल्लो समय कृष्ण भट्टराईको
स्थिति निकै नै बलियो भएको भन्ने विश्लेषण भएपछी यस्तो चर्चा हुन थालेको
हो। आईक्यानको निर्वाचनमा आरएतर्फको माहोल पनि रमाइलो छ। अडान समूह र अन्य
समुहका विभिन्न उमेद्वार , मतदाता तथा स्वयम् सेवकहरुको चहल पहल निकै नै
बढेको छ। आईक्यानको निर्वाचनको नतिजा आज मध्यरातपछी थाहा हुने बताइएको छ।निर्वाचन
स्थलमा पार्किंङको भने समस्या देखिएको छ। नक्साल बैंकोईट बाहिर पनि
निकैनै गाडीहरु पार्किंङ गरिएको छ भने बाइकहरु भित्र पार्किंङ गरिएको छ।यस्तो छ आईक्यानको चुनावी माहोल फोटो फिचरमा :








प्रतिक्रिया दिनुहोस्