कर सम्बन्धि कुनै पनि प्रश्नको अनलाईन समाधान तथा उत्तरको लागि नेपालकै पहिलो अनलाईन पोर्टल सार्वजनिक भएको छ। शुक्रबार औपचारिक रुपमा ‘ट्याक्स डिस्कसन फोरम ‘ नामक उक्त वेब साइट सार्वजनिक भएको हो । अन्तराष्ट्रिय करका समेत ज्ञाता रहेका सिए मुकुन्द देव अधिकारीले उक्त फोरमलाई सार्वजनिक गरेका हुन्। उनको व्यक्तिगत वेव साइट देव मुकुन्द डटकमको सब डोमेन nepaltaxforum.devmukunda.com मा रिडाइरेक्ट गरिएको उक्त फोरममा nepaltaxforum.com मार्फत सिधै लगअन गर्न सकिनेछ। उक्त वेव फोरममा कर सम्बन्धि कुनै पनि खालका प्रश्नहरु सोध्न सकिने बताईएको छ। वेव साइटमा दर्ता भई आफुलाई लागेको प्रश्न सोध्न सकिने उक्त वेव साइटमा सिए अधिकारी क्रियाशील रहनेछन्। उक्त फोरम विशेष गरी सिए तथा एसीसीए अध्ययन गरिरहेका विधार्थीहरुलाई अझ बढी उपयोगी हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्