Skip to content

सम्बन्धन प्राप्त इन्स्टिच्युट भन्दैमा हाम नफाल्नुहोस्, फसिएला है !

https://casarokar.com/wp-content/uploads/2015/06/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP-2.jpg

पछिल्लो समय सिए कहाँ पढ्ने भन्ने विषयकाबीच सम्बन्धन प्राप्त गरेका  र प्राप्त नगरेका इन्स्टिच्युटहरु बीच भिन्नता के ? भन्ने प्रश्न विद्यार्थीहरुलाई दोधारमा पारिरहेको भन्ने खबर छ।  कतिपय सम्बन्धन प्राप्त इन्स्टिच्युटहरले सम्बन्धनको अपव्याख्या समेत  गरिरहेको खबर छ भने कस्ता इन्स्टिच्युटलाई  सम्बन्धन दिईएको छ भन्ने कुराको विश्लेषण पनि हुन थालेको छ । सम्बन्धन लिएर राम्रो गरिरहेका सीएआइ , सीसीएमए  चैतन्य जस्ता इन्स्टिच्युटहरु बजारमा राम्रोसँग संचालन भईरहेका बेला सम्बन्धन लिएका तर गलत काम गर्ने केहि सिए इन्स्टिच्युटहरुबारे बजार मौन बस्दा बिधार्थीहरु मर्कामा पर्ने देखिएको छ।

सम्बन्धन भनेको के हो ? आईक्यानमा निश्चित रकम तिरेपछी सिए इन्स्टिच्युटहरु सम्बन्धनको घेरामा पर्छन् ।  यसका लागि इन्स्टिच्युटको भौतिक अवस्था, इन्स्टिच्युटको ईतिहास लगायत केहिले पनि फरक पार्दैन।  सम्बन्धन लिएर पनि आईक्यानले केहि नगरेको गुनासो सम्बन्धन लिएका इन्स्टिच्युट प्रतिनिधिहरुले नै गुनासो पोखिरहेका छन् ।  यसैबीच सम्बन्धनका नाममा भर्ना भएका विद्यार्थीहरुलाई  भोलिका दिनमा कसले जिम्मेवारी लिने भन्ने प्रश्न पनि उठेको छ ।

सम्बन्धनका नाममा गलत काउन्सिलिङ : सम्बन्धन प्राप्त इन्स्टिच्युटहरुले कतिपय विधार्थीहरुलाई गलत परामर्श दिईरहेको  बुझिएको छ । सम्बन्धन प्राप्त इन्स्टिच्युटमा भर्ना गर्ने विधार्थीको सम्पूर्ण जिम्मा आईक्यानले लिन्छ भन्ने दुबिधात्मक परामर्श भईरहेको विद्यार्थीहरुले बताएका छन् । तर कस्तो जिम्मा वा के जिम्मा भन्ने बारे भने न विद्यार्थीलाई  थाहा छ न परामर्श दिनेलाईनै थाहा छ ।  
बढी बिबादमा आउने इन्स्टिच्युट पनि सम्बन्धन प्राप्त भित्रकै : हुन त सम्बन्धन लिएर राम्रोसंग संचालन भईरहेका इन्स्टिच्युटहरु पनि छन् । पुतलीसडकस्थित सीएआई र सीसीएमए कलेज, नयाँ बानेश्वरस्थित  चैतन्य, मोफसलका ईआइए र प्रिजम, इआइएमजस्ता सम्बन्धन लिएर विधार्थीका पक्षमा राम्रै गरिरहेका इन्स्टिच्युटहरु हुन् ।  यद्यपी बारम्बार बिबादमा आइरहने सिए इन्स्टिच्युट पनि सम्बन्धन प्राप्त भित्रकै छन् ।  हुँदै नभएको आफ्नो विधार्थी पास भएकोमा बधाई भनी शुभकामना छापेर बिबादमा आएको पुतलीसडकस्थित, सिमा एकेडेमिक्स पनि सम्बन्धन प्राप्त इन्स्टिच्युट मध्येकै एक हो । संचारकर्मी माथि दुर्ब्यबहार गरेर समेत पटक पटक बिबादमा आइरहेको सिमा एकेडेमिक्सलाई  नेपालको सम्बन्धन लिएर भारतीय बोर्डलाई  प्राथमिकता दिएको आरोप पनि बेलाबेलामा लाग्दै आएको छ । 
सम्बन्धन लिएका कतिपय भूमिका बिहिन : आईक्यानमा सम्बन्धन लिएका कति पय इन्स्टिच्युटहरु भूमिका बिहिन छन् ।  आईक्यानबाट सम्बन्धन लिएका १५ बढी सिए इन्स्टिच्युटहरुमध्ये कतिको नाम समेत सुनिएको छैन भने कति बन्द हुने अवस्थामा छन् । केहि बर्ष अगाडी निकै तामझामका साथ बजारमा आएको एसबिबिउ आर बन्द भयेकोया छ । एसबिबिआर पनि सम्बन्धन प्राप्त संस्थामै पर्छ । कतिपय इन्स्टिच्युटहरुले पहिला सम्बन्धन लिएर पनि पछी नवीकरण नगरी  बसेका छन् । ती संस्थाहरुले आफ्ना प्रचारात्मक सामाग्रीहरुमा सम्बन्धन प्राप्त भनेर लेख्दा पनि आइक्यानले केहि गर्न सकेको छैन ।  
अब्बल सिए इन्स्टिच्युटको  सम्बन्धन छैन : नेपाली सिए बजारमा सबैभन्दा बढी आईक्यानका विधार्थीहरुलाइ अध्यापन गराउने नयाँ बानेश्वर स्थित प्राइम सिए सम्बन्धन नभएरै पनि अब्बल ठहरिएको छ । आईक्यानले  सिए करियर एक्स्पोमा पनि प्राईम  सिए सहभागी नभएकै कारण बिधार्थीको ‘फ्लो’ कम भएको सम्बन्धन प्राप्त सिए इन्स्टिच्युटहरुकै भनाई थियो।  यता एओसी पनि सम्बन्धन नलिएर नै बजारमा उत्कृस्ट ठहरी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्