Skip to content

आईक्यानको परिक्षा केन्द्र साफा अन्तर्गतका सिए संस्थाहरुमध्येकै ‘थर्डक्लास’ !

https://casarokar.com/wp-content/uploads/2015/07/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP-1.jpg
आईक्यानको परिक्षा केन्द्र अर्थात हालको चावहिल स्थित ‘ब्रिलीएन्ट क्याम्पस’ साफा अन्तर्गतकै सिए संस्थाहरुमध्ये सबैभन्दा  ‘थर्डक्लास’ भएको  तथ्य बाहिर आएको छ।  यद्यपी विधार्थीहरुसँग परिक्षा शुल्क बापत लिईने शुल्कमा भने आईक्यान अरुभन्दा अगाडी  छ।
आईसीएआईले भारत भर विभिन्न ठाउँहरुमा परिक्षा लिने गर्दछ।  विशेष गरी भारतको दिल्ली, चेन्नई, र देश बाहिरका परिक्षा केन्द्रहरु पनि निकै नै राम्रा र हरेक हिसावले सुरक्षित मानिन्छन्।  परिक्षा केन्द्रका विभिन्न सुविधाहरुलाई हेर्ने हो भने आईसीएआईका परिक्षा केन्द्रहरु निकै नै राम्रा मानिन्छन्।  यद्यपी परिक्षा शुल्कलाई  हेर्ने हो भने आईसीएआईले आईक्यानको तुलनामा कम पैसा उठाउँछ। 
श्रीलंका र पाकिस्तानका  सिए संस्थाहरुले पनि गगन चुम्नी भवनहरुमा परिक्षा लिने गर्दछन् ।  सुविधा सम्पन्न भवनहरुमा परिक्षा लिने सिए संस्थामध्ये  बंगलादेशको सिए संस्था पनि पर्दछ। यसरि साफा अन्तर्गतका सिए संस्थाहरुको परिक्षा केन्द्रलाई  हेर्ने हो भने नेपालको परिक्षा केन्द्र सबैभन्दा ‘थर्ड क्लास’ मानिन्छ। 

ब्रिलिएन्ट नै किन ?: यसो त नेपालमा पनि सुबिधा सम्पन्न भवनहरु नभएका  होइनन् ।  तर आईक्यान र ब्रिलीएन्ट क्याम्पस बीच भएको सम्झौताका कारण अरु भवनमा आईक्यानले परिक्षा नलिएको आरोप समय समयमा लाग्दै आएको छ।  यध्यपी यता आईक्यानले भने परिक्षा केन्द्र खोजिरहेको तर नपाएको दावी गर्छ। केहि समय अगाडी आफ्नो कार्यकालमा परिक्षा केन्द्र सारेर त्यसको जस आफुले लिन आईक्यानको हालको  नेतृत्व लागिरहेका कारण परिक्षा केन्द्र गत परिक्षामा नसारिएको समेत आरोपहरु बजारमा विभिन्न सरोकारवालाहरुले लगाईरहेका थिए ।  तर प्रकाश लम्शालको नयाँ नेतृत्वले समेत केहि उचित कदम चालेको छैन।  सस्तो परिक्षाकेन्द्र खोज्ने बहानामा पनि केन्द्र सार्न ढिलाई भइरहेको स्रोत बताउँछ।
भद्रगोल कोठाभित्र परिक्षा : आईक्यानले उक्त क्याम्पसको भद्रगोल कोठाभित्र परिक्षा संचालन गर्दै आएको छ।  परिक्षा केन्द्रमा ठुलै पानी परेको खण्डमा छानोबाट पानी चुहिने समस्या छ  घाम लागेको बेला जस्ताले गर्दा अझ बढी गर्मी हुने समस्या छ।  पंखा चलाएको खण्डमा त्यसले निकाल्ने आवाजले विधार्थीहरुलाई ‘डिस्टर्व’ गर्ने विधार्थीहरुको भनाई छ।  शौचालय नजिकको कोठामा परेका विधार्थीहरुलाई त शौचालयको दुर्गन्धले समेत सताउने गरेको छ। 

भूकम्पका बारेमा पनि बोलेन आईक्यान : गत बैसाखमा गएको विनासकारी भूकम्पपछी कुन भवन सुरक्षित छ ? भन्ने प्रश्न उठिरहेका बेला आईक्यानले आफ्नो परिक्षा केन्द्र सुरक्षित भए नभएको बारे कुनै पनि सार्वजनिक सुचना निकालेन । आईक्यानको यहि गैर जिम्मेवारीका कारण कतिपय अभिवावकले गत जुनको  परिक्षा नै दिन विधार्थीलाई  पठाउनबाट रोक लगाएको खबर छ।

प्रतिक्रिया दिनुहोस्