Skip to content

फोकलको जुलाई महिनाको निरन्तर भेला कार्यक्रम सम्पन्न

दिल्ली ब्युरो, सिए सरोकार
“फोरम अफ क्रियटिभ आर्टस् एण्ड लिट्रेचर” अर्थात् “फोकल” , नेपाली कला र साहित्यलाई माया गर्ने लक्ष्मीनगरमा रहेका सी.ए. अध्ययन गरिरहेका विद्यार्थीहरुको अनौपचारिक समूहको जुलाई महिनाको निरन्तर मासिक भेला कार्यक्रम गत आइतबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम प्राईम सी.ए.को प्राङ्गणमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरुले साहित्यका विविध पक्षहरु गजल, कथा, कविता, भावना, मुक्तक, मनोवाद तथा अन्य रचना तथा जानकारीहरु प्रस्तुत गरका थिए । सहभागीहरुले आफ्नो गायन कला साथसाथै वाध्यबाधन अन्तर्गत गीतार, बाँसुरी र मादलमा वाध्यबाधन कला पनि प्रस्तुत गरेका थिए । प्रस्तुतिहरु निकै रोचक, रोमाञ्चक र प्रंसशनीय रहेका थिए ।

कार्यक्रमको विमर्श खण्ड अन्तर्गत अघिल्लो महिना छनोट गरिएको विषय “एस.एल.सी.मा आउन लागेको गे्रडिङ्ग व्यवस्था” मा सहभागीहरुले आफ्नोे आफ्नो धारणा प्रस्तुत गरेका थिए । छलफलमा बोल्दै राजन बन्जाडे, के.एन. भूषाल, दिवाकर पाण्डे तथा अन्य सहभागीहरुले नेपाल गे्रडिङ्ग व्यवस्थाू गर्दा हुने फाइदा–बेफाइदाबारे विश्लेषण, यसको उपयुक्तता, प्रभावकारी कार्यन्वन, तथा पाठ्यक्रम र शिक्षा प्रणालीमा फेरबदलको आवश्यकता बारे चर्चा परिचर्चा गरेका थिए ।  त्यस्तै पुस्तक आदान–प्रदान खण्डमा सहभागीहरुले आफूले पढ्न चाहेको र पढिसकेका पुस्तकहरु आदान–प्रदान पनि गरेका थिए ।

अन्त्यमा विमर्श खण्ड अन्तर्गत सहभागीहरु बीचबाट अर्को महिनाको लागि शीर्षक “आर्थिक वर्ष २०७२–७३ को बजेट विश्लेषण” चयन गरिएको छ । साथै आगामी अगस्त महिनाको कार्यक्रम प्राइम सी.ए.कै प्राङ्गणमा अगस्तको तेश्रो आइतबार, १६ अगस्त, २०१५ बेलुका ६ः०० देखि हुने निर्णय गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।
पढाई र आर्टिकलसीपको बापजूद पनि दिल्लीमा सी.ए. अध्ययन गरिरहेका विद्यार्थीहरुले कला र साहित्य भुलेका छैनन् । यसैगरी प्रत्येक महिना कतै भेला भई कला र साहित्यमा डुवुल्की मार्छन् । अनौपचारिक समूह फोकलको फोकलकै नाममा आधिकारिक फेसबुक पेज पनि रहेको छ । कला प्रस्फूटन र कलाप्रेमीहरुको भेटघाटको आत्मीय संगम बन्न सफल भएकाले फोकल सबैको लागि प्रिय बन्दै गएको फोकलमा सहभागी मदन मगरले सिए सरोकारलाई जानकारी दिए । 

ऋषि राम अधिकारी 
(दिल्ली ब्युरो प्रमुख, सिए सरोकार )

प्रतिक्रिया दिनुहोस्