भारतको नयाँ दिल्लीमा राष्ट्रिय सिए विधार्थी कन्फेरेन्स सम्पन्न भएको छ। आईसीएआईको आयोजना तथा एनआईआरसीको संयोजनमा दिल्लीको तल्कातोरा इन्डोर स्टेडियममा उक्त कार्यक्रम सम्पन्न भएको हो। सिए सरोकारसँग कुराकानी गर्दै एनआईआसीका अध्यक्ष राज चवालाले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको बताए। कार्यक्रममा भारतका उर्जामन्त्री समेत रहेका सिए पियुष गोयलले कार्यक्रम बिधार्थीहरुका लागि निकै नै उपयोगी भएको बताए।
एनआईआरसीका पूर्व अध्यक्षले उक्त कार्यक्रममा आफ्नो मन्तब्य राखेका थिए। भारतका विभिन्न भागहरुबाट बिधार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाली सिए बिधार्थीहरुले पनि भाग लिएका थिए। एनआईआरसीले गरेका हरेक कार्यक्रममा नेपाली सिए बिधार्थीहरुले महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै पूर्व अध्यक्ष बिशाल गर्गले सिए सरोकार र सिए सरोकारका दिल्ली ब्युरो प्रमुख ऋषि राम अधिकारीलाई विशेष धन्यवाद दिंदै सिए सरोकारको कामले आफु निकै नै खुसी भएको बताए।
यसै बीच निकासाका अध्यक्ष दीपक गर्गले कायक्रम निकै नै उपयोगी भएको बताउनुभयो। उक्त कार्यक्रममा १५०० बढी बिधार्थीहरुले सहभागिता जनाएका थिए। यद्यपी यो पहिलेका कार्यक्रमहरुमाभन्दा कम सहभागिता हो। कार्यक्रममा बोल्दै निकासाका पूर्व अध्यक्ष योगिता आनन्दले कार्यक्रम सिए बिधार्थीहरुको लागि नै बनाइएकाले कार्यक्रम बिधार्थीहरुका लागि निकैनै उपयोगी भएको बताएकी थिईन्। यस खाले कन्फेरेन्सले बिधार्थीको आत्मविश्वास बढाउन निकै नै उपयोगी भएको बताएकी थिईन्।
प्रतिक्रिया दिनुहोस्