
आईक्यान बोर्ड अन्तर्गत सिए अध्ययन गरिरहेका बिधार्थीहरुको संगठन एनकासाले शनिबार एक हाजिरीजवाफ कार्यक्रम सम्पन्न गरेको छ । त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा आयोजित उक्त कार्यक्रममा एनाकासाका पूर्व अध्यक्ष अमृत गिरी प्रमुख अथितिको रुपमा उपस्थित भएका थिए भने कार्यक्रमको अध्यक्षता एनकासाका सचिव दामोदर पौडेलले गरेका थिए । कुल ७ समूहबीच प्रतिष्पर्धा गराइएको कार्यक्रममा रुषा गिरी र प्रकाश कोइराला ‘कुइज मास्टर’ का रुपमा कार्यरत थिए। कार्यक्रममा कुल ५ राउण्ड गरी विभिन्न प्रश्नहरु गरिएका थिए।
कार्यक्रममा सुमन अर्याल र प्रसिद्ध न्यौपानेको समूह प्रथम भयो। यस्तै रितेश अधिकारी र सुदिप पौडेलको समूह दोश्रो भयो भने दिवाकर गिरी र प्रतिक पौडेलको समूह तेश्रो भयो। बिजेताहरुलाई कार्यक्रमको अन्त्यमा पुरस्कार वितरण गरिएको थियो। विधार्थीको औसत उपस्थिति रहेको उक्त कार्यक्रममा शेष मणि दाहाल, सुर्य बिक्रम कुँवर, उमेश राज पाण्डेय लगायत अथितिका तुपमा उपस्थिति थिए।
एनकासाले गरेका बिगतका कार्यक्रमहरुभन्दा यस हाजिरीजवाफ कार्यक्रम निकै नै ब्यबस्थित देखिन्थ्यो। हरेक पक्षबाट कार्यक्रमलाइ निकै नै ब्यबस्थित बनाउने प्रयास सफल भएको उपस्थित भएकाहरुले भान गरेको सिए सरोकारलाइ बताए। कार्यक्रमलाइ एनाकासाकि कार्यसमिति सदश्य प्रगति भुवाईले संयोजन गरेकी थिइन्। कार्यक्रम एनाकासाकाका बिगतका कार्यक्रमहरु भन्दा निकै नै रोचक भएको समेत उपस्थित सिए विधार्थीहरुले सिए सरोकारलाइ प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया दिनुहोस्