पाठ्यक्रम बाहिरबाट प्रश्नपत्र आएको क्याप वानका विद्यार्थीहरुको गुनासो
सिए सरोकार संवाददाता
२४ मंसिर २०७२, बिहीबार ०८:३५
हुन त आइक्यानले संचालन गर्ने विभिन्न परिक्षाहरुमा केहि न केहि गल्ती भइरहनु नौलो होइन । तर पाठ्यक्रम परिमार्जन लाइ ठुलै उपलब्धि मान्ने आइक्यानले यसपाली क्याप वानको ‘एकाउन्ट’ विषयको परिक्षामा पाठ्यक्रम बाहिरबाट प्रश्न सोधेको विद्यार्थीहरुले गुनासो पोखेका छन् ।
क्याप वानको परिक्षामा कुल १० अंकको प्रश्नपत्र ‘ब्रांच एकाउन्टीङ’ बाट सोधिएको तर ‘ब्रांच एकाउन्टीङ’ क्याप वानको परिमार्जित पाठ्यक्रममै नरहेको विद्यार्थी हरुले गुनासो पोखेका छन्। यस बारे आइक्यानको धारणा भने सार्वजनिक भएको छैन।
प्रतिक्रिया दिनुहोस्