Skip to content

रुपन्देहीमा पनि खुल्यो गुरुकुल सिए

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ। चार्टर्ड एकाउण्टेन्सी अध्ययनका लागि आफ्नो छुट्टै पहिचान बनाउन सफल गुरुकुल सिएले रुपन्देहीमा पनि शाखा विस्तार गरेको छ । काठमाडौँ, चितवन लगायतका ठाउँबाट सेवा दिँदै आएको गुरुकुलले रुपन्देहीमा आफ्नो शाखा खोलेको हो ।

मध्य पश्चिमका विद्यार्थीहरुलाई लक्षित गर्दै संचालनमा आएको गुरुकुलले नेपाल बोर्ड र भारतीय बोर्ड अन्तर्गतका सिए कोर्स अध्यापन गर्ने काम गरिरहेको छ ।

दुवै बोर्डका परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल गुरुकुल सिए रुपन्देही शाखाको उद्घाटन संस्थाका प्रमुख सिए मेघराज अर्यालले गरेका छन् ।

योसँगै अब मध्यपश्चिममा रहेका विद्यार्थीहरुलाई सिए पढ्नका लागि काठमाडौं आउनुपर्ने वा भारत जानुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।