Skip to content

लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलनः २९ तस्विरमा हेर्नुहोस् पहिलो दिनका खास झलकहरु… (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को आयोजनामा सुरु भएको उक्त सम्मेलनको अर्थमन्त्री विष्णु पौडलले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक बामदेव शर्मा अधिकारी र साफाका अध्यक्ष अश्फाक युशुफ तोला विशेष अतिथि रहेका थिए । उनीहरुले लेखा परीक्षणको वर्तमान अवस्था, चार्टर्ड एकाउन्टेन्टको चुनौती र भविष्य, प्रविधि र डिजिटलाइजेसनका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

त्यस्तै, कार्यक्रममा आईसीएआईका अध्यक्ष सिए चरनजोतसिंह नन्दा, आईक्यानका पूर्व अध्यक्ष नरेन्द्र भट्टराई र पूर्व उपमहालेखापरीक्षक रामु प्रसाद डोटेलले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)का प्रतिनिधिले अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव समेत बुझाएका थिए । कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले लेखा व्यवसायीको महत्व र भूमिकाबारे प्रशंसा गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।