Skip to content

आइक्यानको ७औँ दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न (तस्विरहरु)

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ७औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । बिहीबार आइक्यानले २८औँ वार्षिकोत्सवको अवसरमा ७औँ दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न गरेको हो ।
दीक्षान्त समारोह काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलमा भएको थियो ।
समारोहका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बराल रहेका थिए भने प्रमुख वक्ताका रुपमा संयुक्त राष्ट्र संघका पूर्व लेखापरीक्षक सिए नवल किशोर यादव रहेका थिए ।
समारोहमा कार्यक्रममा प्रमुख अतिथि एवम् त्रिविका उपकुलपति बरालले दीक्षित हुने विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । साथै, कार्यक्रममा दीक्षित भएका विद्यार्थीहरुले मध्येबाट विभिन्न क्याटेगोरीमा उत्कृष्ट विद्यार्थीलाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्:


प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।