Skip to content

आइक्यानका विद्यार्थीहरु आजबाट आन्दोलनमा

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विभिन्न माग राखी सिए विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीहरुलाई परीक्षाको समयमा ‘ग्याप’ हुनेगरि परीक्षा तालिका सार्वजनिक गर्नुपर्ने, पाठ्यसामाग्रीहरु राम्रो प्रकाशन हुनुपर्ने, आर्टिकलशिपका समयमा पाउने स्टाइपेन्ड बढाउनुपर्ने लगायतका माग राखी विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

लामो समयदेखि आफूहरू पीडित बनेको भन्दै विद्यार्थीहरु आन्दोलनमा होमिएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)ले जनाएको छ ।

यता आइक्यानका काउन्सिल सदस्यहरु र आइक्यानको व्यवस्थापनले समेत विद्यार्थीहरुको आन्दोलन जानकारीमा आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।