Skip to content

बिपिए अवार्डः कामना सेवा विकास बैंकको वार्षिक प्रतिवेदन विकास बैंक तथा वित्तीय कम्पनीहरुमध्येकै उत्कृष्ट

काठमाडौँ । कामना सेवा विकास बैंक ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३’ बाट सम्मानित भएको छ । शनिबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आयोजना गरेको एक कार्यक्रमकाबीच बैंक ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३’ बाट सम्मानित भएको हो ।

बैंकले वित्तीय सेवा क्षेत्रतर्फको विधामा प्रदान गरिने ‘सिल्भर अवार्ड’ प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०२२–२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुसासनका लागि उक्त अवार्ड प्रदान गरिएको आईक्यानले जनाएको छ । उक्त अवार्ड अर्थमन्त्री विष्णु पौडेलले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो १७औँ वार्षिक साधारण सभामा पेस गर्नको लागि तयार गरेको वित्तीय विवरणमा सेयरधनी तथा सरोकारवालाहरूलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।