Skip to content

राष्ट्रिय सम्मेलन गर्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, राष्ट्रपति पौडेलबाट उद्घाटन हुने

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले राष्ट्रिय सम्मेलन गर्ने भएको छ । यहि बैसाख २७ गते संघले काठमाडौँ, नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा सो कार्यक्रम आयोजना गर्न लागेको हो ।
सो कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा अर्थमन्त्री बर्षमान पुन, शिक्षामन्त्री सुमना श्रेष्ठ, लगायतका मन्त्रीहरुको पनि उपस्थिति हुने संघले जनाएको छ ।
कार्यक्रममा बैंक तथा इन्स्योरेन्स कम्पनीका सीइओहरु, अर्थविदहरु तथा सिएहरुको बाक्लो उपस्थिति रहने एक्यानको भनाई छ । सो कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका तीन हस्तीहरुलाई अवार्ड तथा सम्मान गर्ने कार्यक्रमसमेत छ ।   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।