Skip to content

जाने होइन त पोखरा ? आईक्यानले आयोजना गर्दैछ ऐतिहासिक सम्मेलन

सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को आयोजनामा पोखरामा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । पोखराको होटल पोखरा ग्राण्डमा आईक्यानको आयोजनामा ‘इन्टरनेशनल कन्फरेन्स अन सस्टेनबिलिटी रिपोर्टिङ-२०२४’ आयोजना हुने भएको हो ।
कन्फरेन्स उद्घाटन, प्राविधिक सेसन अन्तर्गत सस्टेनेबल ईकोनोमि एण्ड बिजनेश अभ्यास, एडप्टिङ एण्ड इम्प्लिमेन्टिङ सस्टेनेबिलिटी रिपोटिङ स्ट्याण्डर्डस् आईएफआरएस एस वान र आईएफआरएस एस टू र एक्सपिरियन्स सेयरिङ अन सस्टेनेबल बिजनेश प्रयाक्टिस एण्ड सस्टेनेबिलिटी रिपोटिङ गरी तीन चरणमा सम्पन्न हुनेछ ।
कन्फरेन्समा अर्थमन्त्री डा.प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कार्यवाहक महालेखा परीक्षक बामदेव शर्मा अधिकारी र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतको उपस्थिति रहनेछ ।
कन्फरेन्स फागुन १९ गते (शनिबार) आयोजना हुनेछ । कन्फरेन्समा सहभागी हुनका लागि विदेशबाट पनि सहभागीहरु आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।