Skip to content

आईक्यानका अध्यक्ष र उपाध्यक्षले लिए पद तथा गोपनियताको सपथ, तस्विरमा हेर्नुहोस् सपथ ग्रहणका भलक‘(फोटो-कथा)

  • सिए सरोकार सम्वाददाता
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का नव निर्वाचित अध्यक्ष सुजन कुमार काफ्लेले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कार्यवाहक महालेखापरिक्षक राममाया कुँवरले काफ्लेलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।
त्यस्तै, आईक्यान उपाध्यक्ष प्रविन कुमार झाले पनि सोही कार्यक्रममा पद तथा गोपनियताको सपथ खाएका छन् । उनलाई आईक्यानका अध्यक्ष सुजन कुमार काफ्लेले सपथ खुवाएका हुन् ।
सपथ ग्रहणपछि कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले आफ्नो कार्यकालमा समग्र लेखा व्यवसायको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफू संस्थाको उपाध्यक्ष हुँदै गर्दा तत्कालीन अध्यक्ष भाष्करसिंह लालाले दिएको योगदान र सहयोगको अपेक्षा गर्दै आगामी दिनमा संस्थाको हितमा झनै मजबुत हुने बताएका छन् । तस्विरमा हेर्नुहोस् सपथ ग्रहणका खास झलकहरुः

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।