Skip to content

चुडामणि शर्मासहित चार्टर्ड एकाउन्टेन्टद्वय महत र ढकाललाई ९ वर्षको जेल सजाय !

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जना जेल चलान भएका छन् । भ्रष्टाचार मुद्धामा विशेष अदालतले शर्मासहित चार्टर्ड एकाउन्टेन्टद्वय लुम्बध्वज महत र उमेश ढकाललाई ९ वर्षको जेल सजाय सुनाएको हो ।
मंगलबार विशेष अदालतले लुम्बध्वज महतलाई ९ वर्ष एक महिना र ढकाल र शर्मालाई ९र९ वर्ष जेल सजाय सुनाएको हो । त्यस्तै, अदालतले उनीहरुलाई ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ जरिवाना सुनाएको छ ।
उनीहरुविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्धा दायर गरेको थियो । सोही मुद्धाको फैसला गर्दै अदालतले तीनैजनालाई जेल सजाय सुनाएको हो । तर, गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्धामा भने उनीहरुले सफाई पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।