Skip to content

आईक्यानको पाँचौँ दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न, दीक्षित हुने १०२ जनालाई प्रमाणपत्र बाँडियो (फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्था (आइक्यान)ले पाँचौं चार्टर्ड एकाउन्टे्न्ट्स दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न गरेको छ । सोमबार आइक्यानले काठमाडौंको होटल याक एण्ड यतिमा समारोह सम्पन्न गरेको हो ।
कार्यक्रममा आईक्यानले दीक्षित भएका १०२ जनालाई प्रमाणपत्र प्रदान गरेको छ । सँगै आईक्यानका अध्यक्ष भास्करसिंह लालाले दीक्षित भएकाहरुलाई शपथ ग्रहण गराएका थिए ।
महालेखापरिक्षक टंकमणि शर्मा (दंगाल)को प्रमुख आथित्यतामा सम्पन्न गरिएको उक्त दीक्षान्त समारोहमा प्रमुख वक्ता (कि नोट स्पिकर)का रुपमा अर्थविज्ञ डा. स्वर्णिम वाग्ले रहेको थिए । कार्यक्रममा दीक्षित हुनेहरुबाट पनि सर्वाधिक अंक प्राप्त गर्नेहरुलाई आईक्यानले विभिन्न अवार्डबाट सम्मानित गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।