Skip to content

चार्टर्ड एकाउन्टेन्ट अपूर्व क्षितिज पक्राउ, नेवार समुदायमाथि आघात पुर्‍याएको आरोप

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट अपूर्व क्षितिज पक्राउ परेका छन् । नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका हुन् । नेवाः अभियन्ता सुमन सायमीसहितका केही अभियन्ताले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहलाई आइतबार बिहान पक्राउ गरिएको हो । सिंहले केही दिनअघि युट्युबमा पोस्ट गरेको कमेडी क्याफे नामक स्ट्यान्ड अप कमेडी विवादमा तानिएको थियो । यद्यपि, उक्त भिडियोलाई अहिले युट्युबबाट हटाइएको छ भने उनले माफी पनि मागिसकेका छन् । एसपी मैनालीले सिंहलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए ।
सामाजिक संजालमा स्टाटस लेख्दै सिंहले स्ट्यान्ड अप कमेडी गरेबापत फेसबुकमार्फत ज्यान मार्ने धम्की समेत आएको उल्लेख गर्दै कलाकारको रुपमा मानवीय त्रुटि हुन सक्ने भन्दै माफी समेत मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।