Skip to content

नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ कास्कीको आयोजनामा फुट्सल टुर्नामेन्ट हुँदै, देशभरिबाट जम्मा ९ टिमको सहभागिता

  • सिए सरोकार सम्बाददाता
पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ (एक्यान) कास्कीको आयोजनामा राष्ट्रिय एक्यान फुट्सल टुर्नामेन्ट हुने भएको छ । यही आउँदो भदौ ३ र ४ गते नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ कास्कीको आयोजनामा फुट्सल टुर्नामेन्ट हुन लागेको हो । खेलमा देशभरिबाट जम्मा ९ टिमको सहभागिता रहने छ ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले खेलको उद्घाटन गर्ने भएका छन् भने समापन तथा विजयी टिमलाई सम्मान तथा पुरस्कार वितरण पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने भएका छन् ।
एक टिमको दर्ता शुल्क ५० हजार रुपैयाँ रहेको छ । विजय टिमलाई पुरस्कार राशी १ लाख रुपैयाँ राखिएको छ । खेलाडीलाई खानेबस्ने व्यवस्था आयोजकले नै गरेको छ । खेलमा सहभागी ९ टिमलाई ३ समुहमा विभाजन गरेर खेल खेलाइने छ ।
एक्यान कास्कीका अध्यक्ष विवेक श्रेष्ठका अनुसार देशभरबाट २ सय देखि ३ सय चार्टर्ड एकाउन्टेन्स् को टुर्नामेन्टमा सहभागिता हुने छ । स्पोर्टस क्यासल गैह्रापाटनमा खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।