Skip to content

बीमा समिति र आइक्यानको संयुक्त कार्यक्रममा बीमाकर्मीबीच खास बहस, ५० तस्विरमा हेर्नुहोस् कार्यक्रममा मुख्य झलक (फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र बीमा समितिले संयुक्त रुपमा बिहीबार बीमा कम्पनीहरुका विभिन्न मुद्धाहरुबारे अन्तरक्रिया कार्यक्रम राखेको थियो । सो कार्यक्रममा बीमा समितिका अध्यक्ष, आइक्यानका अध्यक्षमात्र होइन सबैजसो बीमा कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो । 
कार्यक्रममा विभिन्न विषयमा अन्तरक्रिया पनि भयो । विशेषगरी बीमा कम्पनीको पूँजीवृद्धि, बीमाको लेखापरीक्षण, बीमामा आइक्यानको भूमिका र कम्पनीमा लेखापरिक्षकको दायित्व लगायत विविध विषयमा अन्तरक्रिया भएको सो कार्यक्रमको अन्तिममा प्रश्नोत्तर सेसन पनि थियो ।
सो सेसनमा उपस्थितहरुले विभिन्न खालका प्रश्न राखेका थिए भने आइक्यानका अध्यक्ष, जीवन बीमक संघका अध्यक्ष, बीमा समितिका सहायक निर्देशक लगायतले आएका प्रश्नहरुको उत्तर दिएका थिए । तर प्रश्नोत्तरकै बीचमा आइक्यानका पूर्व अध्यक्षसमेत रहेका र पुनर्बीमा कम्पनीमा समेत काम गरेका महेश गुरागाईंले उठाएको प्रश्नमा उल्लेख भएको शब्दलाई लिएर भने बीमा समितिले आपत्ति नै जनाएको छ ।
यस्तै बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले पूँजीबारे दिइएको निर्देशन पालना नगर्ने बीमा कम्पनीको कारोबार नै रोक्का हुन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।