Skip to content

 कुमारी बैंकको सीइओमा चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल नियुक्त 

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त भएका छन् ।

बैंकको आज बसेको संचालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । उनी केहि समययता बैंकको कामु सीइओको जिम्मेवारीमा थिए ।

उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का काउन्सिल सदस्य पनि हुन् । यसअघि बैंकको तेश्रो बरियतामा रहेका उनी बैंकका माथिका दुईले बैंक छोडेपछि कामु सीइओको भूमिकामा थिए । बैंकले उनलाई केहि समय हेरेर सीइओ दिने वा नदिने निर्णय गर्ने बताएको थियो । अन्तत: बैंकले उनको काम सन्तोषजनक रहेको भन्दै उनलाई सीइओ बनाउने निर्णय गरेको छ ।
सिद्धार्थ बैंकमा ८ वर्ष काम गरेपछि उनी कुमारीमा एसिस्टेन्ट जनरल म्यानेजरमा प्रवेश गरेका थिए । त्यहाँ आउनुअघि उनले सानिमा बैंकमा पनि केहि समय काम गरेका थिए ।

३९ वर्षको उमेरमै वाणिज्य बैंकको सीइओ बनेका खनालले डीसीईओ जिम्मेवारी सम्हालेपछि कुमारी बैंकले तेस्रो त्रैमासमा ८५ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । उनी १४ वर्षकै बैंकिङ करिअरमै सीईओ बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।