Skip to content

चार्टर्ड एकाउन्टेन्ट दीपक पाण्डे प्रभुलाईफ इन्स्योरेन्सको संचालकमा निर्विरोध निर्वाचित

  • सिए सरोकार सम्बाददाता
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)का पूर्व उपाअध्यक्षसमेत रहेका सिए दीपक पाण्डे प्रभु लाइफ इन्स्योरेन्सको संचालकमा निर्विरोध निर्वाचित भएका छन् ।कम्पनीको नियमावली अनुसार समूह “ख” का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनबाट शंकर गौतम तथा दिपक पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।
चैत ६ गते आइतबार, होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा कम्पनीको साधारण सभा सम्पन्न भएको थियो । सो सभाले समूह ‘क’संस्थापक समूहका शेयरधनीको तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदनसमेत गरेको छ ।
२०७४ मंसिर २८ गतेदेखि वीमा व्यवसाय कारोबार संचालन गदै आएको यस कम्पनीका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेश बहादुर मल्ल, अपूर्व प्रसाद जोशी, अनिल प्रसाद श्रेष्ठ र डा. बिमला दाहाल रेग्मी रहका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।