Skip to content

यी हुन् उत्कृष्ट वित्तीय प्रतिवेदन पेश गर्ने सुचीकृत कम्पनीहरु (भिडियो रिपोर्ट)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले प्रत्येक बर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपीए) अवार्डबाट उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने संस्थाहरु सम्मानित भएका छन् । संस्थाले प्रदान गरेको अवार्ड तर्फ वाणिज्य बैंकहरुमध्ये स्याण्डर्ड चार्टड बैंकको वित्तीय प्रतिवेदन सर्वोत्कृष्ट ठहर भएको छ भने नेपाल एसबिआइ बैंक लिमिटेडको वित्तीय प्रतिवेदनले फर्ष्ट रनरअपको अवार्ड हात पारेको छ ।
यता फाइनान्सियल सेक्टरतर्फको अवार्ड भने मुक्तिनाथ विकास बैंकले हात पारेको छ भने लुम्बिनी बिकास बैंक लिमिटेड सो विधा अन्तर्गत फर्ष्ट रनरअप बन्न सफल भएको छ । यता पब्लिक सेक्टर इन्टिटितर्फको सो अवार्ड दूरसंचार प्राधिकारणले पाएको छ भने जनरल सेक्टर अन्तर्गतको अवार्ड बोटलर्स नेपालले पाएको छ । जनरल सेक्टर अन्तर्गत चिलिमे हाइड्रोपावर र र एनएनसीएचएल फर्ष्ट रनर  अप भएका छन् ।
बीमा कम्पनीहरुमध्ये भने कसैले पनि उत्कृष्ट हुनेगरी वित्तीय प्रतिवेदन प्रस्तुत नगरेको आइक्यानले जनाएको छ । होटल रेडिसनमा आयोजित एक कार्यक्रमकाबीच आइक्यानका अध्यक्ष सिए मदन शर्माले बैंकका प्रमुख कार्यकारी अधिकृत प्रध्युमन पोखरेललाई सो अवार्ड प्रदान गरेका हुन् । अवार्ड प्राप्त गरेपछि कार्यक्रममा बोल्दै अवार्ड विजेताहरुले आ-आफ्नो धारणा राखेका थिए । आइक्यानले हरेक बर्ष सो अवार्ड प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।