Skip to content

महालक्ष्मी विकास बैंकको रबैयाविरुद्ध बोल्यो चार्टड एकाउन्टेन्ट्स संघ (विज्ञप्तिसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंकले मेनेजमेन्ट ट्रेनी पदमा सिएहरुलाई मागेर सिएहरुको घनघोर बेइज्जत गरेपछि अन्ततः नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान) ले यसको विरोध गरेको छ । संघका महासचिव तेज प्रसाद सुवेदीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसको विरोध गरेका हुन् ।
सिए आफैमा विज्ञ डिग्री भएको र प्रशिक्षार्थीको रुपमा माग्दा सीएको गरिमामा आँच आउने उल्लेख गर्दै संघले सुविधा दिने कुरा प्रतिस्पर्धाको आधारमा निर्धारण गर्दा आपत्ति नरहेको तर विज्ञलाई प्रशिक्षार्थीको रुपमा राखिनु आपत्तिजनक रहेको उल्लेख गरेको छ ।
सिएहरुलाई मेनेजमेन्ट ट्रेनीमा मागिनु र त्यो पनि महालक्ष्मी विकास बैंकजस्तो करियर खासै गतिलो नहुने बैंकमा भन्दै सिएहरुले सो भ्याकेन्सीबारे आपत्ति जनाएका थिए । सो भ्याकेन्सीको चौतर्फी विरोध भएपछी अन्तत संघले विज्ञप्ति नै जारी गरेर यसबारे गम्भीर ध्यानकर्षण भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।