Skip to content

नेपाल राष्ट्र बैंकका गभर्नर चार्टर्ड एकाउन्टेन्ट महाप्रसाद अधिकारी एक्यानद्वारा सम्मानित

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर सिए महाप्रसाद अधिकारी सम्मानित भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को ३६ औं बार्षिक साधारण सभाका अवसरमा उनी सम्मानित भएका हुन् । सिए प्रोफेसनका आइकनका रुपमा काम गरेर प्रोफेसनमा योगदान दिएको भन्दै उनलाई सम्मानित गरिएको हो । सो अवसरमा उनीसँगै नेपालको सिए क्षेत्रमा योगदान दिने अन्य सिएहरुलाई पनि सम्मान गरिएको थियो ।
सम्मानपछी बोल्दै उनले नेपालको अर्थतन्त्रलाई सहि अर्थमा रुपान्तरण गर्ने काम चार्टड एकाउन्टेन्टबाटमात्र सम्भव भएको बताएका छन् । आफु सिए प्रोफेसनले दिएको शिक्षा र अनुभवकै कारण गभर्नर भएको स्मरण गर्दै उनले आफुलाई योग्य ठानेर गभर्नरमा नियुक्ति दिएकोमा सरकारलाई धन्यवादसमेत दिएका छन् । सिएजतिको अर्थतन्त्र जान्ने कोहि नपाएको बताउँदै उनले आफु आबद्ध संस्था नेपाल राष्ट्र बैंकमा पनि हरेकजसो विभागमा सिएहरुको ठुलो माग रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।