Skip to content

१५ बर्षे नीति लागु नहुने, अर्थमन्त्रालयले स्वीकृति दिने विषय अव मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्ने तर्क !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ  । आइक्यानको काउन्सिल सदस्य बन्न आइक्यानको सदस्य बनेको १५ बर्ष पुगेको हुनुपर्ने आइक्यान काउन्सिलको निर्णय अर्थमन्त्रालयले फेल गराईदिएको छ  । नेपाल सरकारबाट स्वीकृति हुनुपर्ने विषय भन्नाले भन्नाले मन्त्रिपरिषदको निर्णय हुनुपर्ने विषय भएको तर्क अर्थ मन्त्रालयका कानुनविज्ञहरुले दिएपछी उक्त निर्णय हाललाई फेल भएको हो  । 
आइक्यान काउन्सिलले पास गरिसकेको विषय भएकाले अव यो विषय मन्त्रीपरिषदमा जाने र त्यहीं निर्णय हुने मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
चैत्र ३० गते (सोमबार) आइक्यानको चुनावमा मनोनयन दर्ता सुरु हुने दिन हो ।  अव यो निर्णयसँगै १० बर्ष पुगेका तर १५ बर्ष नपुगेकाहरुले पनि आइक्यानको पार्षदका लागि मनोनयन दर्ता गराउन सक्नेछन् ।   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।