Skip to content

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको उपाध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट सुयोग श्रेष्ठ नियुक्त

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको उपाध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट सुयोग श्रेष्ठ नियुक्त भएका छन् । चार्टर्ड एकाउन्टेन्ट श्रेष्ठ साङ्ग्रिला डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । यस्तै बैंकर्स एशोसिएसनको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका सिइओ प्रद्युम्न पोखरेल नियुक्त भएका छन् भने कोषध्यक्षमा कामना सेवा विकास बैंकका सिइओ प्रविण बस्नेत नियुक्त भएका छन् ।
सदस्यहरूमा भने लुम्बिनी विकास बैंकका सिइओ नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका सिइओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सिइओ श्रीचन्द्र भट्ट, सप्तकोशी डेभलपमेण्ट बैंकका सिइओ नविन सुवेदी र ग्रिन डेभलपमेण्ट बैंकका सिइओ उमेश कुमार आचार्य नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।