Skip to content

चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली ‘विनायक शिद्ध कलेज पौरखी सम्मान २०७७’बाट सम्मानित

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली विनायक शिद्ध कलेज पौरखी सम्मान २०७७ बाट सम्मानित भएका छन् । हाल नबिल बैंक लिमिटेडमा कार्यरत ज्ञवालीलाई एक विशेष समारोहका बीच उक्त सम्मान गरिएको हो । नेपाल सरकारका संचार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले उनलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्  ।
ज्ञवालीसँगै कुलमान घिसीङ, प्राडा सुरेन्द्र केसी र महावीर पुन पनि उक्त कार्यक्रममा सम्मानित भएका थिए । दैलेख जिल्लामा जन्मिएका ज्ञवालीले भारतीय बोर्ड अन्तर्गत सिए उतिर्ण गरेका हुन् । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारीसमेत रहेका ज्ञवाली यसअघि ज्योति बिकास बैंकको सीइओ थिए । नेपाली सिए क्षेत्रमा खरो तर प्रष्ट बक्ताका रुपमा र बैंकिङ क्षेत्रको ‘कोर टेक्निकल’ ज्ञान भएका सिएका रुपमा परिचित ज्ञवाली हाल नबिल बैंक लिमिटेडमा कार्यरत छन् ।    

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।