Skip to content

कोभिडका बेला पनि आइक्यानमा अहोरात्र खटेर उत्कृष्ट सेवा दिने कर्मचारीहरु सम्मानित…

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । कोभिडका बेलामा पनि आइक्यानमा अहोरात्र खटेर सेवा दिएको भन्दै आइक्यानका दुई कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा बिनोद न्यौपाने, सनोज भट्टराई, र प्रेमभक्त पाण्डे छन् । आइक्यानले  तल्लो तहदेखि माथिल्लो तहका कर्मचारीसम्मको योगदानलाई कदर गर्दै निकै राम्रो तरिकाले कर्मचारीलाई सम्मान गरेको छ ।
कोभिड १९ का कारण देशभर लकडाउन हुँदा र लकडाउनपछीका परिस्थितिमा पनि आइक्यानमा उत्कृष्ट सेवा दिएको भन्दै कर्मचारीहरु सम्मानित भएका हुन् ।
आइक्यानको बार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । आइक्यानका अध्यक्ष मदन शर्माले कर्मचारीहरुलाई सम्मान गर्नुभएको हो ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।